~गोपाल ठाकुर~
नेपालको तराई क्षेत्रमा रौतहटदेखि रुपन्देही जिल्लाका बीच भोजपुरी मातृभाषाका रुपमा बोलिन्छ । यस भाषाको लामो इतिहास रहे पनि लेख्य साहित्यका रुपमा भारतमा कबीरदासका कृतिहरुबाट यो लिपिबद्ध भएको मानिन्छ । नेपालको सन्दर्भमा राणाकालको सामाप्ति पछाडि यस भाषामा कलम चलेको पाइन्छ ।
यस भाषाको लोकसाहित्यलाई केलाएर हेर्दा अल्हारुदल लोरिकाइन सोरठी वृजाभार शोभनयका आदि लोककाव्यहरुले स्वस्थ्य मनोराजन दिए पनि तत्कालिन अवस्थामा खार गरी अल्हा-रुदल र लारिकइनलाई वीर रसप्रधान प्रगतिशील साहित्यभन्दा अत्युक्ति नहोला ।
यसका अतिरिक्त लिपिवद्ध वा आधुनिक साहित्यमा दृष्टि पुर् याउँदा यस भाषाका आदिकवि सन्तकवीरले तत्कालिन अवस्थामा समाजमा विद्यमान अन्धविश्वास मूर्तिपूजाको धार्मिक आडम्बर हिन्दू-मुस्लिम बीचको धार्मिक कट्टरपनाको विरोधमा कलम चलाएको देखिन्छ र त्यसपछि भोजपुरीका शेक्सपियर मानिने नाट्यसम्राट भिखारी ठाकुरको विदेशीया बेटी बेंचवा जस्ता नाटक र गीतहरुमा सामाजिक कुरीतिदेखि वर्गसंघर्ष समेतको झलक पाइन्छ र यी दुई महापुरुषको गहिरो प्रभाव नेपाली भोजपुरी- भाषाी क्षेत्रमा रहेका पाइन्छ ।
नेपालमै सृजीत भोजपुरी साहित्यको चर्चा गर्ने हो भने राणा शासनको समाप्तिपछि २००९ सालमा ठाकुरराम क्याम्पस वीरगाजमा हिन्दीको प्राध्यापकको रुपमा आएका भारतीय विद्वान रामदेवप्रसाद द्विवेदी ँअलमस्त’ को रचनाबाट नै आधुनिक भोजपुरी साहित्यको भनौं वा प्रगतिशील भोजपुरी साहित्यको आरम्भ भएको पाइन्छ ।
स्वर्गीय अलमस्ताले तत्कालिन अवस्थामा स्थानीय साहित्यको जमघटमा भोजपुरी भाषामा आफ्ना व्यंग्य कविताहरु वाचन शुरु गरेका थिए जसले २००९ सालेदेखि २०३१ सालसम्म बारा र रौतहट जिल्लामा चलेको स्वर्णिम किसान आन्दोनलको मानसिक तयारीमा परोक्ष भूमिका खेलेको देखिन्छ । उनका ती रचनाहरुमा ँइहे हवे नेपाल मइआ’ ँकहिआसे इबात कहाला टिटही से बादल रोकाला’ र ँदेख दुनिया बदल जाने नयाँ दिन आवता’ सर्वाधिक लोकपि्रय छन् । यसमध्ये अन्तिम गीत यसप्रकार छ ः
देख दुनिया बदलत जाले नयाँ दिन आवता
निसभेद रात गइल फरिछ बिहान भइल
फुटले किरिनिया मोरे सेनवा लुटवता ॥
जागजाई लोग अब भाग जाई शोग सब
दिन उहो काग उचरावता ॥
नियरे बा
नान्हीं चानी छौंडा अबके तनिको ना बोझे दबेक
उडे चिल्हगडिआ सें कनखी चलावता ॥
बडका बडका बालोग त्यागी राज सुख भोग
नेताजी काहावे खातिर टोकरी चालावता ॥
पहिलेके अइआ काज छोड अलमस्त आज
गाव गीत जइसन युग बंशिया बजावता ॥
स्वर्गीय अलमस्तका यी गीत एवं अन्य काव्य रचनाहरुबाट तत्कालीन किसान आन्दोलनका अगुवाहरुमा हरिहर यादव र नन्दन अर्यालले आफ्ना प्रगतिशील रचनाहरुको शुरुवात गरेको पाइन्छ जसमा हरिहर यादवको ँसब देवतन में देवता किसान बा हो भाइ’ महाजन हो तोरा धनवा में आधा हमारा बा’ ँतनिको सोहात नइसे तोहरो अखड्कन’ सहित सयौं गीतहरु एवं नन्दन अर्यालको वर्ग संघर्षमा आधारित अल्हा महाकाव्य अग्रस्थानमा रहेका छन् ।
२०१७ सालको प्रतिगामी शाही फौजी काण्डपछि यस्ता साहित्य सृजनामा बिराम लागेको जस्तो देखिए पनि किसान आन्दोलनका नेताहरु भूमिगत भई वा प्रवासमा आफ्ना यस्ता सृजनाहरु जारी राखे भने तत्कालिन अवस्थामा खासगरी थारु जातिमा व्याप्त शोषण उत्पीडन र पछौटेपनमाथि चोटिलो प्रहार गर्दैै २०१९ सालमा बारा जिल्ला निवासी रामप्रसाद राय थारुले ूबाउआ और बहुरीयाू नामक उपन्यासको रचना गरी नेपालमा प्रगतिशील भोजपुरी साहित्यको प्रथम प्रकाशन समेत आरम्भ गरे । यस उपन्यासमा पनि ठाउँठाउँमा गीतहरु समावेश पनि भएको छ । जस्तै ः
हो कत्थी कहिऔं तेहरासे
कहाइत नइखे मोहरा से
जबतक रहल हमारा धनबीत
यार दोस्त सब जोड प्रीत
सब से रहे हेम खेम
महजनवो पुछे कुशल छेम
हरमनी के खातिर भारी झगडा
होगइल अब लोहरा से ॥ हो ॥
मेहरी घर में रोए मन में ।
बस्तर नइखे ओकरा तन में
भूखले दुखले सुतली राती
बिना तेल के बुत गेल बाती
चोखा सेन्ह कटइत रहे
उहो भूखे हँफइत रहे
उहो बेचारा भागेलागल
अँजोर कइली जब पुअरा से ॥ हो ॥
प्रगतिशील साहित्य सृजनाकै कारण स्व। अलमस्तलाई २०२१ सालतिर जागिर गुमाइ घर बस्नु परेपछि एकैचोटी २०३६ सालको जनमत संग्रह घोषणा पछाडि पुनः हरिहर यादव देवनारायण शाह र नन्दन अर्यालका प्रगतिशील गीत रचनाहरु भोजपुरी भाषीहरुको बीचमा आएको देखिन्छ र क्रमशः मुकुन्द आचार्य र निर्मोही व्यास जस्ता चर्चित नेपाली साहित्यकारहरुबाट पनि भोजपुरीमा प्रगतिशील साहित्यमा कलम चल्न शुरु हुन्छ ।
२०४० सालमा गोपाल ठाकुरले ँमुखियाजी चोर कइसे’ नाटकको लेखन सम्पन्न गरी २०४०।६।२८ मा कचोर्वामा माचन गराएको देखिन्छ । शायद यही नै नेपाली भोजपुरी भाषामा पहिलो प्रगतिशील नाटक हुन सक्दछ तर तत्कालिन परिवेशमा निजले यसबापत राजकाजको सजाय समेत ब्यहोर्नु परेको परिस्थितिमा यसको पाण्डुलिपि पनि सुरक्षित रहन सकेन । यस नाटकमा पनि हरिहर यादवको निम्नलिखित गीत समावेश भएको थियो ः
अम त मुखिया भेली गाँव के भइआ
सब से इमान्दार ।
जेलमा पनि गोपाल ठाकुरले ‘पर्दा के भीतर’
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४ – २०६६ मंसिर १७ गते बुधबार)