हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ
ए गाँठे हौ! गणेश पनि आसन छोडी भाग्छु भन्छ ।।
शान्त नै छ महासागर हेर फूर्ति खहरेको
धमासैमा किन नहोस् जल सत्ता हाँक्छु भन्छ ।।
पूजा गर्यौँ रातदिन शरण परी देवताको
कति लाचार छ यो देव उल्टै वर माग्छु भन्छ ।।
उम्रदैका तीनपाते छैन अक्कल आफ्नैबारे
ए बाबा हो! घिरौँलाको बच्चो आकास नाँघ्छु भन्छ ।।
आज भोलि मुर्दाघाटले फेर्दैछ रे विधान पनि
मुर्दाले ऊ अमन भो रे, जिउँदोको माग राख्छु भन्छ ।।