~लक्ष्मण मिलन विष्ट~
हलिया मसाल बोकेर आन्दोलनमा छन् ।
कमैया चुपचाप–चुपचाप अनसनमा छन् ।
म तिमीलाई जुन तारा उपहार कसरी दिउँ ?
तिमी आफैँ टिपेर ल्याऊ ऊ त्यो गगनमा छन् ।
मलाई प्यार गर्नेहरु जीवन सुुम्पनेहरु ,
कोही मेरो दिलमा छन् कोही धड्कनमा छन् ।
जस्ले देश निलेका छन् उनीहरु अचेल ,
यौटा ठूलो दरबारभित्र सिंहासनमा छन् ।
मिलन बाहिर चञ्चल देखिनुुको कारण यत्ति हो,
दुुःख पीडा वेदना र घाउ उसको मनमा छन् ।
लक्ष्मण मिलन विष्ट
कालिकास्थान, अछाम
(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका – सयुक्ताङ्क-३,४,र ५ (बैशाख-पौष) २०७० )