~दीपक भोजपुुरे~
तिम्रो मेरो साथ मिलाई चट्टान फोड्नुु छ ।
छुुवाछुतको नेपालमा पर्खाल तोड्नुु छ ।
घमण्ड छ केही जातको केही धर्म संस्कार,
मानव सबै एक हुुन् भनी सन्देश छोड्नुु छ ।
गरीव भनी हेला गर्दा धनी भनाउदाले,
मजदुुर गरी दुुख सुुख हात मुुख जोड्नुु छ ।
जन्मे पछि मर्नुुपर्छ सबैले एकदिन,
अलग हैन मानव मानव सबलाई जोड्नुु छ ।
दीपक भोजपुुरे
देउराली भोजपूर
हाल दुुवई
(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका – सयुक्ताङ्क-३,४,र ५ (बैशाख-पौष) २०७० )