~समीर सिम्खडा~
जस्ले पनि मलाई किन थुकेर जान्छ ।
जून हेर्छुु बादल भित्र लुुकेर जान्छ ।
दैवले नि मलाई नै गर्छन् कि हेला ,
कुुकुुरले नि मलाई देख्दा भुुकेर जान्छ ।
कस्तो भाग्य लेखीदियौ भावि तिम्ले मेरो,
कल्पनाका महल त्यसै चुकेर जान्छ ।
लिन्न पिर व्यथा अब हाँसी जिउछुु ,
रुदा रुदै आँशुु त्यसै सुकेर जान्छ ।
दुुस्मनको सामुु म निडर भई हिडुुँ भन्छुु ,
अनायसै किन यो शिर झुुकेर जान्छ ।
समीर सिम्खडा
धादिङ,हालः मलेशिया
(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका – सयुक्ताङ्क-३,४,र ५ (बैशाख-पौष) २०७० )