सोलुखुम्बुको काखमा जन्मेको हामी शेर्पाली
सगरमाथाको गौरवले बाँचेको हामी शेर्पाली
नुम्बुरको काखमा सल्लेरी बजार हाँसेको
जुनबेशीको काखमा शेर्पाली सँस्कृति बाँचेको
पाहाडी छाती छेडेर नागवेली दुधकोशी बगेकी
सगरमाथाको गौरवले बाँचेको हामी सोलुली
सुनपाती धुपको वास्नामा पखेरु पिके मस्केको
शान्ति सँस्कृति मर्ममा जुनबेशी गाउँ घन्केको
आकाश छुने हिमाल चाँदीको घुम्टोमा सझेकी
सगरमाथाको गौरवले बाँचेको हामी सोलुली
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )