धेरै गीत गाएँ मैले प्रीत धेरै लाएँ
मलार्ई भने तिम्रै गीत तिम्रै प्रीत प्यारो
यति ठुलो संसारमा सुन्दर धेरै रुप
मलार्ई लाग्छ हरक्षण बसु तिम्रै साथ
धेरै कसम खाए मैले धेरै माया लाएँ
मलार्ई भने तिम्रै आँखा तिम्रै माया प्यारो
मिठो स्वर चरीहरुको कोईली जस्तो तिम्रो
मन्द मुस्कान सबैको मन छुने तिम्रो
धेरै सँग आँखा जुध्यो धेरै मुस्कुराएँ
मलार्ई भने तिम्रै आँखा तिम्रै मुस्कान प्यारो ।।
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )