~अम्बिका गिरी~
बिर्सिएकै बेस होला दुखियाका साथहरु
भयो अब नदेउ धेरै जीन्दगीमा घातहरु
मैले हिँड्ने बाटो तिम्लाई साँघुरो लाग्न थालेपछि
मैले बस्ने बस्ती तिमीलाई उजाड लाग्न थालेपछि
ऐनासरि फुर्टाई गयौ सपनाका महलहरु
भैगो मलाई छुनु छैन निष्ठूरीका हातहरु
तिमीले जीउने जीन्दगीको एक अंश नि सोच्या छैन
स्वार्थी बनी सुख खोज्दा आफ्नो मुटु बेच्या छैन
समयको रफ्तार सँगै चोट खाई बाँछिरहेछु
धेरै मिठो लाग्छ मलाई दुःखे यी खातहरु