~‘बेखर्ची’ ज्ञानेन्द्र कोईराला~
परदेशीको बाटो हेरी नबस है मैना
निलो आकाश सारा धर्ति
तिम्ले संसार देख्छौ कति
सक्छौ भने पंखा खोली उड्दै जाऊ मैना
लहरा नै भए तिमी रुखै साथ खोज
कुरी बस्नु भन्दा पनि नजिकैमा रोज
आशै आशमा जिवन् बित्ला नपर्ख है मैना
परदेशीको बाटो हेरी नबस है मैना
रहरथ्यो साथ दिने अक्करमा परें
शिखर चढ्ने बहानामा धेरै तल झरें
उडि हाल घाम छँदै साँझ् पर्ला है मैना
परदेशीको बाटो हेरी नबस है मैना
-भरौल, सुनसरी
(साभार: दोहा, कतार बाट प्रकाशीत नेपाली समाचारमुलक पत्रिका राजधानी साप्ताहिक बाट। लेखक हाल दोहा, कतारमा हुनुहुन्छ भने अन्तराष्टि्य सहित्य समाज कतार च्याप्टर संग पनि आबद्ध हुनुहुन्छ ।)
(स्रोत : Dobato)