कथा : सेतो भात

~नीलम कार्की निहारिका~Neelam Karki Niharika

साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ।
उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” समाजसेवी लालप्रसादले एक्लै राखेर फकाए। पहिला उनी भन्दैथे, अहिले कोटा सकियो तर सुक्रेले ढिपी छाडेन।
लाने भए अर्को पटकमा छिटै आएर। यही बाचा दिए।
हिडेको बाटो मा दगुर्यो, चिप्ले ढुंगामा चिप्लेटी खेल्यो। साथीहरु भन्छन् “अब कहिले आउछ्स् ? ठूलो भएर हो ?”

“हामीलाई बिसर्न्छस् हो ?”
“मलाई पनि जान मन ला´ छ। यो भने रुन्छ। थाहा छ त्यहाँ मिठो मिठो खाना पाइन्छ। मेरी दिदी क्या मामाकी छोरीले भनेको कस्तो रमाइलो हुन्छ रे सहरमा त। ”
“हाम्लाई लिन आउँछु भनेको छ त्यो सरले ? पछि त्यहाँ भेट हुन्छ हाम्रो अनि खुब रमाइलो गर्नुपर्छ।”
साथीहरु छन् खनियको बोटमुनि। पाकेको खनिया खोज्दैछ्न्। भेटाएको दिदै छ्न सुक्रेलाई। “ल खा ल ”
हिजोसम्म खोज्दा कसले लिन सक्ने हुन्थ्यो।
सुक्रेको बाबुले खस्रेको रुखमा पिंग हाली देका´थे। कसले मच्चाई दिने, को बस्ने? हानाथाप पथ्र्यो आज सुक्रे बसेको छ साथीहरु पछाडि, अगाडिबाट हल्लाई देका छन्।
साथीहरुलाई भन्छ उ “तिमीहरु पनि खेल म मच्चाई दिन्छु।” पिंगबाट झर्छ।
केही दिनअघि बयर खान जाँदा माथिल्लो घरको सेतेसँग झगडा परेको थियो। लुगा नै च्यातिएको थियो त्यो दिन दुवैको। त्यो दिनदेखि बोली बन्द थियो। आज सेते नजिक आएको छ।
उसले पछाडि केही लुकाएर ल्याएको छ। हरियो पातमा सिन्काले दुनाजस्तो बनाएर ऐसेलुको पोको सुक्रेको नजिक फ़ालेर पछाडि नफ़र्केर दगुर्छ। सुक्रे केही नबोली पोको खोलेर हेर्छ।
बारीको डिलमा बसेर गुलेली हान्छन् केही बेर। ढुकुर ताकेर।
घर तल खोला छ। पाँच मिनट ओरालोमा। खोलामा जान्छन्। पानी छेक्छ्न सानो ढढिया बोकेको छ सुक्रेकै दाजुले । डेढ वर्षले दाजु।
गगटो भेट्छन। हातमा टोक्छ गगटोले सुक्रेको । ढुँगामा थिच्छ-ज्ञानेले गगटोलाई।
लुगा ठूलो ढुँगामाथि थुपारेर अलि गहिरोतिर पस्छन्। हात समातेर पसेका छन्। घाँटीसम्म पानी छ।
केही बेर पौडी खेल्छन् तर पहिलाका दिनमा जति खेल्दैनन्। अस्तिन तापेर निभाई छाडेको दाउरा छ। खोलापारी खाम्चेनी आमाको सानो पसल छ। कालो चिया, चुरोट, बिस्कुट पाईन्छ त्यहाँ।
अर्कोको बिक्ने ६ पानीको झोल। सिद्राको आचार।
त्यहाँबाट खरको लूडोभित्र आगोको बीउ लिएर आउँछ हरि। आगो बाल्छन् बगारमा र अघि मारेको माछा पोल्छ्न्। जीतबहादुर, बोलाउने नाम जीतेले आलु लुकाएर ल्याएको रहेछ।
त्यो हाल्छ पोल्न । ढेगाले बिऊ राखेको पिडालु ल्याएको रैछ, आमाको आँखा छलेर। त्यो पनि भुँग्रोमा हाले। गोलो गरी बसेर आगो तापिरहेका छन्। सुक्रेले सानो झिजाले आगो चलाइराखेको छ।
बल्दै गरेको दाउरा उछिटिन्छ र मानेको पिँडुलामा पर्छ। मानेले हत्तपत्त फाल्छ। पोलेर पनि केही नभएकोजस्तो अभिनय गर्छ। सुक्रेले खोला किनाराको डिलबाट दूधकुमारी भाँचेर ल्याउँछ अनि दलिदिन्छ पोलेको ठाउँमा।

माथिबाट दगुर्दै सेते आइरहेको छ। उ लड़छ फेरि उठ्छ। तलबाट हेरेका छन्। सबै हाँस्छन्।
नजिक आएर एक सासमा भन्छ “सुक्रे तेरो बोईले बोलाउनु भाछ। ”
“ल ल।”
सेते उभी राख्छ। सुक्रेले तातो आलु घरि यो हात घरि उ हातमा सार्दै खरानी पुछ्दै भन्छ “आलु खान्छस् ?”
“भो” लाज मान्छ।
“आईज ल खा” आलु हत्केलाले चेपेर फुटाउँछ।
सेते लुरुक्क आएर बस्छ छेउमा। अघिनै किन न आको नि। हामी पौडी खेली सकेम।
“मैले खर्बरीबाट देखेको थे। ”
“म धन्नैले नडुबेको। ”
रहमा सानो डुँगा ह्मदै बोल्छ “त्यहाँ भुमरी छ, त्यहाँ किन गाको त?´
आलु सकिन्छ। पिडालु्को पालो।
“कोक्काएछ” मुख बिगार्छ टिका। बोलाउने नाम टिके।
´तँलाई मन परयो भने ठुलो जहाज चढाएर लान्छ रे हो अन्तै।´
” मलाई के थाहा”
“भोलि त बाजारबाट सानो जहाजमा जाने हो ? ”
“थाहा छैन”
“अब कहिले आउँछस् त ? ”
“मलाई केही थाहा छैन ”
“तलाई जान मन लागेको छ त्याँ ? ”
“बोईले जा भन्नुहुन्छ “

सम्झंछ ´ऐ म जान्छु बोईले बोलौनु भाको छ।” उठ्छ । “होइन बोलाको हैन, मैले त्यसै भनेको, तैंले सुक्रेलाई देखेको छस् भन्नुभाको थियो । मैले खोलातिर छन् भनी दें ।” सेते बोल्छ।
“मलाई पानीजहाज चढ्न मन लाछ। कसरी उडेको होला है?” टिकाको जिज्ञासा।
“पखेटाले हो”- लाले बोल्छ
“हाम्रो किन पखेटा नभाको होला?” शिव बोल्छ।
“ल जाम”- सुक्रे बोल्छ उठ्दै।
“एक छिम यति दाउरा सकियोस अनि जाम्ला ”
फेरी बस्छ साथीहरुको मुख हेर्दै।
“भोलि बिख हाल्ने हो अरे त्यो तिर्तिरे तलको रहमा ।” माछा भोटी भोटी छ भन्छन्। लाले भन्छ।
“तँ हुन्नस।”
उसको नजाने मन झन् बलियो हुन्छ।
“त नजा सुक्रे। जान्न भन।” झोक्रेको देखेर दाजु बोल्छ।
“आफूहरु जान पाएनम् भनेर यसको मन नबिगार हो केटा हो।” आगोमा चुरोट सल्काउन आएको झेडी दाई बोल्छन्।
सहर नुन मतिटेल किन्न गएकाहरु खोला तर्दैछन्।
यो बेला चिसो छ पानी। घुँडा माथिसम्म छ तार्ने तिर। अन्त अलि गहिरो छ। जहाँ अलि फैलेको छ त्यहाँबाट हो तार्ने। फूलकुमारी दिदी झण्डै चिप्लेर लडिनन्। केटाहरु हाँस्छन्।
उनी रिसाउँछिन् “हेर नाल झरेको छैन बैंसले छोएको” नजिक आएपछि सोद्छिंन -“सुक्रे त जाने नै हो ”
केही बोल्दैन। झेडी दाई बोल्छ्न् “किन नजाने हो तेस्तो पौदा ?सहर लगेर पढाउने अरे। माथिल्लो काफल डांडा को
एकै घर को दुई जाना लागेको अहिले कहा पुगिसके रे। आमा बाबु लाई कस्ता घड़ी छाता पठाका। माहारा जादा तै ओडेर हिड्छ्न बुडा । …… पुर्पुरो मा भए पछि कसो क लाग्छ ? यत्रा मा सुक्रेनै रोजे।
जान पर्छ सुक्रे जा यहाँ झै ऑटो ढेडो खान पर्दैन त्या “

बोई ले आज सेतो भात पकाकी छन र ढिडो पनि। भात पाकेको दिन सबै खुसी हुन्छन। मकै को ऑटो लाई रातो भात र . चामल को भात लाई सेतो भात भन्छन उनीहरु।
सेतो भात सबै को सबै भन्दा प्रिय भोजन।

“ए आज सेतो पो हो। ” खुसी भएको आवाज मा बोल्छ सुक्रेको महिलो चाही दाई। सेतो भात संग रातो भालेको झोल तरकारी।
भोली सुक्रे जाने ,सानो जम घट छ। कुना मा बसेर जाड पेयूदैछं त्यों जमघट। सक्रेका बाबा का साथी हरु र छिमेकी हरु। लामो पेटी छ कुना माँ गुन्द्रो बिछ्याएको छ।
बोई ले गएको मसीर मा बुनेको परालको गुन्द्रो माथि गिल्टी को बटुकोंमा कोदो को जाड़ लिएर बसेका छन। भीतर पस्दा सुरु माँ कही देखिन्न जाता ततै अध्य्राओ।
धुवा छ माथि माथि धोका बता निस्कन तछाड- मछाड गारे जस्तो। एक छीन बसे पछि देखिन्छ। कुना मा पंडित बाजेको छोरा पनि छन।
भुटेर निकालेको मासु संग सीसा को गिलास मा रक्सी छ लाल प्रसाद अगाडी ।
जेठो छोरा तिर को काईलो नाती हो सुक्रे। सबै भन्दा बोईको प्यारो नाती ।
बोई ले फकाकि थींईन- “मैले भन्दा माया गर्छन त्यहा। सरहरु भनेको यस्तै पढ्न नसक्ने खान नपुग्ने लाई माया गर्ने मान्छे हो। माथि बाट खाटिएर आको यो कामलाई।
अघिल्लो चोटी आउदा मैले कति भनेको -मेरो नाती लाई कोटा मा परी दिनु भनेर। कालिज पाठको ,तामा पाठको उहाको स्वास्नीलाई । त्यों भएर तलाई लिन आको नि।
जानु पर्छ। यहाँ बसेर के गर्छस अब दुई चार बर्स मा तेरा दाजू झै अर्का को मेला जानु पर्छ की भरी बोक्न जानु पर्छ। ”
बोई को भनाई थियो –
त्यहा भातै . भात खान पाईन्छ। ऑटो , ढिडो खान पर्दें।
त्यहा राम्रो लाउन पाईन्छ। च्यात्यको , टालेको लाउन पर्दैन।
त्यहापढ्न पाईन्छ ,ठुलो मान्छे भईन्छ। जहाज उड़ाउने मान्छे जत्रो ठुलो।
उ आकास मा जहाज आउना साथ दगुरे बोई लाई बोलाउथ्यो। आकस तीर हेर्थ्यो। कसरी उड्छ कसले उडाको सोद्थ्यो। आवज सुनना हुन्थेंन जहा भे पनि हेर्न निस्कंथ्यो।
पहिलो पटक माथि गाउको दुई जना लादा आफ्नो छोरा छोरी कुनै नछानिदा दुखी थे सुक्रे का बाबु। यो बाजी खुसी छन छोरा छ्नीएको मा तर भित्र कतै दुखेको छ । देखेका छैनन।
बोई भन्छिन “भोली देखि भातै नै भातै खाने होस क्यारे, तै आज बोई ले पकाको भातै खा। ” अस्ति उजेलो नहुदै धान कुटेर चामल बनाकि थीईन आमा चाहिले। छोरा को बिदाई र पहुना को लागी।
खर ले छाएको घर छ। पुर्ब फर्केको ढोका छ। उतर मा गोठ छ। घर पश्चिम पालो मुनि ढिकि। ढोका को दुई छेऊ मा पीढि। दाईने तीर झातो छ । की पाच बज्न नपाई घुम्छ झातो की , राती- मध्य रात मा। ढिकि झातो को कम सुक्रे को दीदी र आमा को।

अगेना को वरी परी छन सबै जना। बीचं मा अगेना छ। अगेना मा ओदान छ। ओदान मा पाकि राछ मर्चा मोलेको कोदो , तिन पानी फाली सकिन आमा ले । दाउरा अझै थप्दैछन।
कालो कराई मा तरकाली पाकेको थियो । ठुलो कसौडी एउटामा सेतो भात ,अर्को मा रातो भात। पस्केर पहिला सुक्रे लाई दिन्छिन बोई। मासु पनि ढेब्री नजिक लगेर रोजेर दीईन।
अरु को थाल मा आधा सेतो भात छ , आधा रातो। सुक्रेको मा सबै सेतो छ। उ भन्दा माथिको दाई ले पुर्लुक्क हेर्छ। अनि कप कप आफ्नो भाग खान्छ फूको भात।
सुक्रे ले आफ्नो भाग बाट भात एक डल्ला दाजू लाई हाली दिन्छ।
´आफु नाखाएर ” बोई बोल्छिन।
खोई किन हो बोई को सबै भन्दा प्यारो उही छ। गाउले भन्छन हजूर बा संग अनुहार मिल्छ त्यों भएर हो। एउटा बेलौति पाके पहिला फल उसैलाई चाखाउछिन। कसैले कही खाने कुरा दीए भने पटुकामा लुकाएर उसैलाई ल्याईदिन्थिन।
उसै को नाम पारेर पेवा भनेर कुखुरा पालो देखी छन। अरु त के ,उसको कुखुरा को समेत अरु कुखुरा को भन्दा बड़ी स्याहार गर्छिन।
आहारा दिने बोला अरुलाई लगारेर उसका पेवा कुखुरा को नजिक दिन्छिन।
सुत्ने बोई संगै हो यो नाती । भन्छन यो बोई को पुच्छर हो। कसरी पठाउन सक्छिन ?
आमा हो उसको बोई उसको निम्ति।

बिहानै जून नलुक्दै नून तेल किन्न निस्के साझ घाम डुब्दा आइन्छ। बजार सरेर वर आएको ले यो सम्बभ भाको हो। पहिला पहिला एक रात बास बसेर मात्र आईन्थ्यो । मुख्य कुरा नून ,मट्टी तेल ,मसला, चीनी ,चुरोट लीन जान्छन । धान भित्रको अध महीन पछि चामल पनि बेसाउछ्न। प्राय नून मत्तिटेल खनिया बरी मा पाईदैन पायो भने दुगुना महगो। त्यों भएर सबै घर का ले आफै बजार पुगेर ल्याउछ्न। उनी हरु जादा अदुवा को भरी बोक्छन अर्को बेच्न लेन भट्मास। कहिले काही कुखुरा को भाले।
किन मेल गर्न जाने त्यों दिन सारै रमाईलो हुन्छ। लस्कर लाएर जन्छान। बाटा को खाजा बोकेर। खाजा लाई अर्नी भन्छन उनीहरु।
बाबु छड़ना गाकाछन, सर को झोला बोकेर। बोई ले बटुक हाली देखी छन। उसिनेको सखरखंड र तरुल पनि छ टपरी मा। अलीकती अमलाको तितौरा छ। भकेम्लो को धुलो छ।
“उहा पुगेर कुन बेला खान दिन्छन नया , नया मा माग्न गारो हुन्छ। ” बोई ले भनेकी थिइन। : तितौरा र भकेम्लो बस लाग्यो भने चाहिन्छ। ”
बिदा गर्ने बेला आफ्नो बाबु ले ल्याएको टुम्लेट दिइन। डोका को सभा जस्तो बनेर सदी झुन्दिन्थ्यो त्यों टुम्लेट। आफ्ना बाबु को चिनो कसैले छूना पाउथेन। ,हरियो टुम्लेट धुवाले कालो रंग को भई सकेको।
“पानी चिसो बस्छ एस्मा। ” नाती को हात मा हाली दिईन।

खोला सम्म छोडन गए सबैले।
“हेर कत्ति पनि हसिलो छैन। रून, रून खोज्यो तर रोएन मुटु दरों छ केटा को। ” छेमिके बोले। लस्कर लागेकोछ हेर्ने। हरी हरु खोला तरेर पर तिर्तिरे धारा सम्म पुगे छोडन।

उ हिडी रहेछ घरि घरी पछाडी फर्केर हेर्दै। भुत ओडार ले छेकियो ।
बाबूले हात समतेका छन।
लाल प्रसाद सर अगाडी अगाडी छान। बिदा हुने बेला भनेका थे -“यो गाऊ को सारै माया छ मलाई। कोटा खली हुना साथ या कोटा थप्ने भएयो भने म चाडै आउछु। ”
बाबु ले बाटो सम्झाउदै हिडेका छन।
घरी हात समेर डोराए घरी आफ्नो ढाकर माथि बसाए।
खोला को तिरै तीर ओसेप मा हिडेका छन । जड़ो उत्तिकै छ। घरी घरी मुख बाट बाफ उडाउछ। दुबई हात चीसा छन। कान राता राता भएको छ। लाल प्रसाद चुरोट सल्कौछ। एक खिली सुक्रेको बाबु तीर बढाउछन।
“म संग छ सर , बरु आगो पाए हुने ” देउराली चुरोट सल्काउछन सुक्रका बाबु।
चुन खोला पुग्छ्न । घाम ले बगर छोई सकेको छ। उनी हरुले पनि बल्ल घाम छून्छ्न। खोला तिर्नु छ। उनीहरु वारिनै बिसाउछ्न।
“सर यो सुक्रे सुत्दा निक्कै चल्छ ,ओड़ना सबै फाल्छ निदाउदा ” चुरोट आधा भएपछि ढुगाँ मा दलेर निभाउछ र बाकि जतन ले थान्काउछ। खोला को मा पानी हिडिरहेको छ आफ्नो सुर छङ्छङ गर्दै।

सुक्रे ले गोला चिल्ला साना साना ढ्गा खोजेर खोलती भर्छ। एउटा ढुगाँ टिपेर डिल मा बसेको भगेरा लाई हान्छ। भगेरा उडछ।
´कती देख्दै माया लाग्दो छ है यो सुक्रे। भेटे पछि माया लागी हाल्ने अनुहार। ´ लाल प्रसाद को पनि चुरोट सकिन्छ।
उनी हरु बाटो लाग्छन । कहिले रुखको डाली भाचेर भुई मा तान्दै , कहिले ढुगाँ हान्दै ,उफ्रेर घरी अगाडी पछाडी हिडेको छ सुक्रे।
मोटर चढ्ने सम्म पुराएर फ़र्कन्छन बाबु। आउदा झन गरुगो भरी बोकेर। सदै आर्काको भरी लिन जान्थे आज भन्दा निक्कै बोक्थे तर आज निक्कै गरुगो लागेको छ। मन पनि त्यति नै गरुगो छ। फ़र्कन्छु भनेर निक्कै रोयो सुक्रे। उसको रोदन कान मा आईरहेको छ। एक मन ले फर्काएर लेर हिडु जस्तो लाग्यो। तर सर लाई धोका हुने सोचे। आफ्नो छोराको उज्जल भाबिस्य सोचे। फर्के मन अमिलो बनाएर।
सुक्रे रोयो पछि मोटर चादेपछि बहिरा हेरेर सबै भूल्यो।
ओह ! रुख दगुर्ने रैछ मोटर चढ्दा। जहाज चढ्दा पहाड़ नै दगुर्छ होला। रुख कसरी यती छिटो हिडेको ?
आफै संग बोल्यो।

सहर पुग्यो। राती को झिली मिली मा। कहा पुगे कहा एक मन डरायो पनि। कहिले नदेखेको नसुनेको संसार। टिके ,लाले ले बयान गएको भन्दा भिन्नै। यती दंग पर्यो की यो सबै बयान साथी हरु संग कहिले गरु जस्तो लाछ। हतारिएको छ मन।

निक्कै दीन लाई काथा पुग्छ साथी हरु लाई सुनाउन । अरु भन्न न अरु भन्दै साथी हरु पछि लाग्ने छन।
सहर को बत्ति मुनि बाटै बाट बाल गृह को बोर्ड़ टासेको एक घर पुगेर सानो गाड़ी रोकियो। त्याह उ पुग्दा एक कोठा मा छ सात जाना उ जस्तै साथी छन । तर माथि गाऊ को सुन माया लाई देखेन। उसले एक जाना लाई सोद्यो ´सुन माया खोई ?”
“को सुन माया ?”
“काफल डाडा को। भाई हरी पनि आको थियो ”
एउटा ले भन्यो “ऐ सोनू होला। उ पहिला थी । उसलाई लगि हाल्यो नि आको १५ दिन नहुदै “अली रिसाएर बोल्छे। “आफु अको एतिका भई सक्यो उसै लाई मन पारी मोरी ले “

साझा को भात खाने बेला भो।
हो रहेछ सबै को थल मा सेतो भात छ। । बोई ले भनेको साचो रहेछ।
सेतो भात काउलि आलू को तरकारी संग मजाले खायो।
सबै जाना एकै कोठा मा सुते। लास्करै। गाऊ मा परालको टौवा मुनि साथी हरु संग सुतेको सम्झ्यो।
भोली देखि नया साथी भै हाले।

टी भी हेर्न पाए पछि झन खुसी भयो। पहिला आगो लागेको सिन आउदा डाराएर छेउको साथी संग टासियो। पाखुरामा च्याप्पा समायो।
सबै हासे। यो बेला झन गाऊ को साथी संझ्यो। कति बेला बयान गरु झै भाको छ ।
कहिले आउने हुन उनी हरु ? प्रखाईछ।
उठने ,ब्रस गर्ने ,नास्ता खाने सबै तालीम पाउदै गयो। पहिला को भन्दा झनै आखा मा बसाई रहु जस्तो देखियो उ। कान को पछाड़ी सम्म खुर्केर कपाल काटेको छ।
अगाडि अलि लामो पछाडी छोटो। खुब सुहाएको छ। सेता दात ट्म्म मिलेको छ।
खोला तरेर एक डाडा पुरै उक्लेर स्कूल पुग्नु पर्थ्यो। त्यै भएर बल्ल बर्ष
दिन भको थियो स्कूल जन लागेको। यहाँ कोठा मा पढाउने मिस आउछिन काही जानु पर्दैन । धेरै बेर पढ्नु पर्दैन। टी भी हेर्ने हो दिन भर ।
लालप्रसादले सोधे ´घर को समझना आछ ?”
उ केही बोलेन “टी भी बता आख्नै हटाएंन ”
उनी हासेर निस्के।

“तेरो भाग्य भोलि थाहा हुन्छ। ”
गाड़ी आएर रोकिन्छ। तीन जन बिदेसी भीता पस्छां। एक महिला दुई पुरुस छन। लालप्रसाद र उसका साथी स्वागत गर्न निस्के।
केटाकेटी हरु झ्याल बता चियाई रहेका छन। उनीहरुको ठुक ठुक बढेको छ । सुक्रे भने मजा मनेर उनीहरु लाई हेर्दै छ। केही थाहा छैन।
कोठा मा उनीहरु ली लाईन लाएर उभ्याईएको छ।
आफ्नो भाषामा उनीहरु बोलिरहेका छन्। केटाकेटी त्यो मजा मानेर सुनिरहेका छन्। अझ सुक्रे सोच्छ- यो सबै कुरा बताउँदा साथीहरु कति खुसी भएर सुन्ने हुन।
उनीहरुले कोठाबाट आफ्नो कोठामा जाने इसारा गरिन्छ।
सुक्रे फर्कदै हेर्दै गर्छ।

फेरि केही बेरमा सुक्रेलाई बोलाउन आउँछिन् मिस। उबाहेक अर्का दुईलाई पनि।
विदेशी आफ्नो हातमा सुक्रेको हात राख्छ।
मतलब सुक्रे छ्नोटमा परेछ।
अरुले पनि एकएक रोज्छन्।
लाल प्रसाद बोल्छ्न उनी हरु को भाषामा “आफैं गएर गाउँ गाउँ घुमेर छानेर ल्याको। अब थाहा भैसक्यो यहाँहरुलाई कस्तो मन पर्छ ?”
उनीहरु जान्छन् ।
सोधे सुक्रेलाई -“जहाज चढ्न मन लाछ भनेको होइन?”
उ हाँस्यो ।

जहाज चढ्न पाईन्छ।
यहाँ भन्दा मिठो खान पाईन्छ।
यहाँभन्दा राम्रो लाउन पाईन्छ।
नयाँ साथीहरु ले भने -“हामी लाई रोजेको भए कती खुसी हुने थियौ। यो रुने पो रहेछ बिदेश जान पाउदा। ”
“के दिन्छ यहाँ खाली काउली को झोल र भात न हो। सरहरु मिठो मिठो खान्छ्न हामीलाई चै….. । त्यहाँ जान पाए ..? ” सबैभन्दा ठूलीको आक्रोस।

हिसाब किताब मिल्यो।
कागज पत्र सबै मिल्यो। लिने दिनेको बिच। सुक्रेको बाबुसँग मंजूरीनामा ल्याई सकेका थिए। अरु सबै बन्यो।
माला लाएर सुक्रे बिदा भो। अर्का दुई पनि बिदा भए।
ढोकाको दुई छेउमा कलस छ रातो अबिरले सिंगारिएको। दियो अझै निभेको छैन बिदाईको साईतमा बालेको।
बाँकी केटाकेटी युद्द हारेर फर्केजस्ता देखिन्छ्न्। आफू नाछ्निएकोमा।

लाल प्रसाद पाटनर साथी लाई भन्छन्- “यिनीहरुमाथि धेरै खर्च भैसक्यो, कसैले रोज्ने भएन। कुनै ठेगान लाउनुपर्यो। तपाईले बेकारमा जस्तो भेट्यो उठाएर ल्याएर, कसले पैसा हाल्छ हेर्दै खान नापाका जस्तालाई। घाटामात्र पर्नु भो।”
माथि आकासमा जहाज उड्छ।
आफ्नो पालो एक दिन आउने र त्यसरी उडन पाउने आसा अझै मारेको छैन।
कोटा खाली हुन्छ।
लाल प्रसाद सत्य गाउँतिर लाग्छन्। कोटा पूरा गर्न।

(स्रोत : Dainikee.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.