छोरी ; सञ्चै आयौ ?
ज्वाइँ घरमै हुनुहुन्छ ?
भाग्यमानी छौ छोरी तिमी त
तिम्रो पूरा हेरचाह गर्ने ज्वाइँ
सुख दुःखमा साथ दिने ज्वाइँ
घर धन्दामा सहयोग गर्ने ज्वाइँ
धेरै भाग्यमानी छे मेरी छोरी ।
अनि आमा, खोइ त दाइ भाउजु ?
ईँ …….बरै छोरी, त्यो जोइटिंग्रे तेरो दाइ
उसकी स्वास्नीलाई लिएर गएको छ
सयल मार्न हो वा
अस्पताल जान्छु भन्दै ।
सम्पत्ति सकी छोरी तेरी भाउजुले
लाली पाउडर सेम्फुमा
साडी दवाइ र चप्पलमा
सत्यनाश पारी हामीलाई ।
आहा छोरी, तिमी कति राम्री छोरी
चिटिक्क परेकी मेरी छोरी
मायालु ज्वाइँ हुनाले
केही कुरामा कमी छ्रैन
तेरो दाइ बजियाले
स्वास्नी घरमा ल्याएदेखि
सम्पत्ति सक्यो छोरी सक्यो
जोइटिंग्रे मोरो
०५२ सालको माघतिर रचिएको यो कबिता, बुटवल साहित्य संगममा वाचन गरिनुका साथै बिभिन्न पत्रिकामा छापिएको छ ।
(स्रोत : Gurudattagyawali.com)