~अस्मिता~
(तीजको लयमा)
एउटा गीत गाउँदैछु म तीजको लयमा।
बिदेश आउने नेपालीको सुन्नुस् बयान।
साना साना बालबच्चा रुदै होलान् घरमा
नेपाली हौं भन्न पनि लाग्छ मलाई सरम।
धे रै जसो दिदी बैनी आफ्नो नम्बर बताउने
किन होला दाजु भाईले सधैं फोनमा सताउने।
साँझ बिहान छाक र्टार्न गाह्रो होला नेपालमा
२ ४ सयको हालाकार्ड हाल्छन मोबाईलमा ।
कसलाई रहर हुन्छ र बिदेशमा आउनलाई
बा आमाको माया छाडी दुख पाउनलाई ।
२ ४ महिना बिदेश बसे मै हु भन्ने साथीभाई
राजा भन्दा ठूलो सोच्ने आफू आफैलाई ।
२ ३ सयको जागीर खाई गर्छन् कुरा हजारको
हुन्छन् उहि साथी भाई गाउँघर बजारको ।
गाउँमा संगै चिन्ने साथी कतारमा चिन्दैनन् ।
नेपालीलाई देखे भने बोल्न जान्दैनन् ।
घरमा स्वास्नी छोराछारी बस्छन् बाटो हेरेर ।
बाबा हिंड्छन् बिदेशमा केटी फेरेर ।
साथीहरु पनि हिंड्छन् बाहिरी संसार हेरेर
एक महिनामा दर्जन जति केटा फेरेर ।
किन होला नेपालीलाई यस्तो चलन आएको
दिमाग पनि रै छ हजुर दिनमै पाएको ।
स्वार्थी संसार स्वर्थी मान्छे चलन यस्तै नै
साँचो मायाँ गर्नेलाई जोख्छन पैसा मै ।
नेपालमा बिहे गरि बिदेशमा आउनेलाई
झूटो कुरा नगरौं है बिन्ति हजुरलाई ।
एउटा गीत गाउँदैछु म तीजको लयमा।
बिदेश आउने नेपालीको सुन्नुस् बयान।
-हाल दोहा कतार
(साभार: दोहा, कतार बाट प्रकाशीत नेपाली समाचारमुलक पत्रिका राजधानी साप्ताहिक बाट।)