~शशीकला थापा सुब्बा~
सम्झनुलाई तितामिठा याद भए पुग्छ ।
भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ ।।
अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ ।
त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ ।।
चोटै खानु कसैलाई आफ्नो भने पुग्छ ।
भूल्न परे फेरी हजूर मुटु साह्रै दुख्छ ।।
भर पर्नु अरुमाथि मन दुखाउने खेल हुन्छ ।
खुशीको त खै के कुरा आँशुको चै भेल हुन्छ ।।
ढुंगा हुदा दुख्दैन मन, बगर भए पुग्छ ।
भुल्न परे फेरि हजूर,मुटु साह्रै दुख्छ ।।
मनको भित्ता छामी हेरें,घाम छेक्ने कुहिरो भेटे ।
जूनको छाती ताकि हेरें,त्याहा पनि पहिरो देखे ।।
रुखो हाँसो कती हाँसु ,खडेरीको बन जस्तो ।
कतै भार कतै भुवा ,बिधुवाको मन जस्तो ।।
आफ्नो मन नापी हेरें,नभेटिने गहिरो भेटे ।
जूनको छाती ताकि हेरें ,त्याहा पनि पहिरो देखे ।।
फूल काडाँ ॠतु रङ्ग ,जिन्दगीको सार हुन्न ।
चोट लाग्दा छाती भरी , पिरतीको हार हुन्न ।।
पाइला मेटी भागी हेरें ,बाटोछेक्ने धुइरो भेटे ।
जूनको छाती ताकि हेरें ,त्याहा पनि पहिरो देखे ।।
(स्रोत : Manu Lohorang Rai’s Blog)