आन्दोलित छ आकाश
असारको महिना
बर्सिन लागे जस्तो
सबै हतारमा छन
मानो खाएर मुरी उब्जाउने दिन
तर किन किन
छरपष्ट छ मन
असरल्ल हुन्छु
हुरी आउँला जस्तो छ
अन्धकार छ चारैतिर
अभाव र गरिबीसँगै
हलुङ्गे थालमा
उसिनाको भात
प्याज सङ्ग भोक चपाउदै
जीवन बाँचिरहेछन
र पनि खुशी छन
झुपडीहरूमा
अनिकाल छ, महंगी छ
अहंकारर छ, बिकृति छ
कैले मुक्ति आउँला
दखियाको आगनमा
खोइ गरिबको क्षितिज
खोइ आकाश ?
कहाँ छ आस्थाको धर्ती ?
भत्किदो छ विश्वाश
बलवान हातहरूबाट
रङ्गहरूमा घोलिन्छन गरिबी
अनुहार बिकृत हुन्छ
मन त्यसै त्यसै बिक्षिप्त हुन्छ
दु:खै दु:खमा
बितेका जीवन देखेर
म भने उमेरको उकालो उक्लिरहेछु
सोचेका र भोगेका
स्मृतिहर्लाई सम्झेर ।
उषा गिरी
चारपाने,झापा
हाल,ब्रसेल्स बेल्जियम ।।
(स्रोत : Majheri.com)