लेख : समग्रतावादी र्सार्वभौमिक सत्यको अस्विकार

~सगुन सुसारा~

उत्तरवर्ती सोच- केन्द्रीयताको विरुद्ध छ । अर्समर्थनमा रमाउँछ । अर्थात बहुकेन्द्रीयताको उपभोग । हालसम्म केन्द्रीयताले लादेको माखेसाङको फुस्काउने मात्र होइन-नयाँ सुरुको बाटो पनि उत्तरवर्ती सोच । वास्तवमा यो आएको बिचार हो । साँच्चै यो अन्य अश्त्रभन्दा कम छैन । बिचार भन्नु एउटा अश्त्र । यही बिचारको करिया मात्तै हतियार । यर्सथ हतियार पहिलो होइन, डर लाग्दो होइन । चेतना हो हतियार र डर लाग्दो । डराउनु यसबाट पर्छ । यत्तैबाट, केन्द्रीयता बदनियतको जवाफ हो, उत्तरवर्ती सोच । जसलाई र्सार्वभौमिक सत्यको नाममा दवाइयो । तर त्यो दवाई नकाम हुनेछ- भयो । साँच्चै, साहित्य, राजनीतिक, सामाजीक वा जम्मै गोमनको फणा जस्तो उठीरहेछ । कुरा के हो भने र-हामी र्सार्वभौमसत्ता सम्पन्न छौं कि छैनौं -‘ हाम्रो संविधानले के भन्छ – व्यवहारमा के भोग्दै छौं – बिचारणीय कुरा हो ।

उत्तरवर्तीसोच ‘समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।’ साँच्चै अस्तित्वको पक्ष । यतैबाट, हामी बिचारमा र्सार्वभौम छौ भने त्यसको अनुभूति सबैले पाउनु पर्छ । साहित्य, राजनीतिक, समाजशास्त्र मानवशास्त्र, धर्म । त्यसो नहुँदा नै त उत्तरवर्ती सोच अस्वीकार दावी र खोजबाट अघि बढ्छ -चेतनीक । अब त सबै । सानो उदाहरण बनाऔं-नेपाली साहित्य एकदमै केन्द्रीयता कि त सक्ताशक्ति निर्मित छ । र्सार्वभौम छैन । बहुकेन्द्रीय छैन । अथवा सह-अस्तीत्वको छैन । आरोप छ ‘उत्तरवर्ती सोच’ अति जातिबादी भयो, यस्तो साहित्य स्वीकार्न सकन्न । गजब छ, कत्रो दम्भ – कत्रो सामन्तीवादीता – कत्रो निरङकुशता – हो आज यीनै अराजकता, निरङकुशताको विकासमा बिचार उठीरहेछ यही बिचार भन्नु हतियार हो । त्यो सम्हाल्न सकिएन भने अनिष्ट हुनसक्छ। यही अनिष्टताको सचेतनाका खातिर उत्तरवती सोच ।

आउँदैछु हिजो नेपाल हिन्दु राज्य हुँदा उत्तरका धर्माबलम्बीहरुलाई कस्तो सास्ती भयो होला – अर्कोको संस्कृतिमा हर्ुकन कति पीडा भयो होला – कति घीन लाग्यो होला – आज बिचार गरौं धर्म निरपेक्ष राज्य हुँदा । वास्तवमा, आफ्नो अधिकार, जीवन या त स्वतन्त्रतामा हस्तक्षेप, उत्पीडन, दमन भएमा त्यसको बिरुद्ध जाइ लाग्छ । यो निरन्तर प्रक्रिया । तर उत्तरवर्ती सोच त्यसको पक्षपाती नाइ । यो त सहअस्तित्व, सहसम्बन्ध सह -व्यवहारको । अर्थात तिमी छौ, हामी छौं र अरुहरु पनि छन् । त्यसैले समग्रवादी र्सार्वभौमिक अस्वीकार । हामीले भनेको, सहअस्तीत्वको सम्बन्धले समाज, राष्ट्रि भाषा र साहित्यको भण्डार विशाल, दरिलो र फराकिलो हुनर्ुपर्छ-हुन्छ । त्यसो भएमा कसैको असन्तुष्टि शेषपनि रहदैन । हामी आफैं सम्बद्ध । अब आएर अभिव्यक्तिमा र्सार्वभौम बन्यो कि बनेन – त्यो पनि हर्ेन जरुरी बन्यो । जातीय मिथकले कवितालाई उत्कृष्टता बनाउनु जातिको मात्रै टेवा पुग्ने होइन यसले त समग्र साहित्य -नेपाली) लाई यो सम्बद्ध र नेपालीपनको बनाइन, परिचय दिन सहयोग पुर्‍याइने छ । अब अन्तराष्ट्रिय साहित्यमा यसको भूमिका बेजोड रहन्छ । आफ्नै मौलिक पहिचान बन्छ । यर्सथ यसमा आत्तिइ हाल्नुपर्ने अवस्था छैन । हाम्रो स्वभाव । बिस्तारै जम्मै समायोजन र सहजता हुन्छ ।

कुरा स्व-अस्तीत्वको गर्ने पर्ने जरुरी बन्यो – उत्तरवर्ती सोचमा आइपुग्दा । हिजोसम्म घुमाउरो व्यवहारले चल्यो-अस्तीत्व । अब मान्दैन चेतनीक । अर्थात अस्तीत्व धर्मनिरपेक्ष हुँदै आज राज्य पुनः संरचनामा अधिक किन जातीय संरचना उठिरहेछ । मननीय र बिचारणीय कुरा छ । राज्य संयत्रले दिएको उत्पीडन, शोषण, दमन र सह-अस्तित्वको खिल्ली उर्डाई नै यसको प्रमुख हो । त्यो कयौं बर्षो उत्पीडन, शोषण र दमनको ज्वालामुखी हो । त्यसैले अब अनुपस्थितिको उपस्थितिलाई स्वीकार्नु बाहेक उत्तम र सजिलो उपाय केही छैन । अब त्यो एकल वा केन्द्रीय बिचार त्यागे हुन्छ । बिरुद्धमा बहुकेन्द्रीयता आउँछ । त्यसैको परिणाम सामाजिक आर्थीक, राजनीतिक, साँस्कृतिक र साहित्यिक पछौटेपना बाँची रह्यो । यसले अनुपस्थितिमा रहेका पछि परे नै । राज्य पनि पछि पर्‍यो । कुनै व्यक्ति, जाति, समाज सभ्य हुनु भनेको राज्य सभ्य हुनु नै हो । यसैले आजको चिन्तन उत्तरवर्ती सोचबाट । समय सर्न्दर्भमा बिचारान्ताले नै चेतनीक नत्र त र्सार्वभौम खै –

उत्तरवर्ती सोच-स्वअस्तित्वको जयगान गाउँछ । त्यसैले बहुलताको पक्षपाती हामी मात्तै होइन । यद्धपि लेख्नमा उपस्थितिको कुरा कम र अनुपस्थितिको कुरा धेर छ । यसको आवश्यकता त्यती । खण्डनको खण्डनलेपनि उत्तिकै मानेको होला- बिश्वास छ । र्सार्वभौम नै यसको जननी । आज यसरी नै । त्यसैको फराकिलो फाँटमा उभिएर आत्म सम्मानले बाँच्न पाउने अधिकार प्रत्यायोजन हो । अथार्त हावी हो । समग्रतावादी र्सार्वभौमिक सत्यको यस कारणले पनि अघि अस्वीकार । होइन भने र्सार्वभौम र सम्मानीत अस्तीत्वको बाटो बन्द देखिएला – र आर्को धराप जन्ममेला – हो हामी यीनै समस्याको मध्ययार्गी । अर्थात लेखक । नत्रता स्वतन्त्र अभिव्यक्तिले पाउने भूमिका साहित्यको के हुन सक्ला – त्यती मात्र होइन समाज र समुदायको महत्व पनि त बाँच्ला कि नबाँच्ला – लेखनमा यीनैको सारले उत्तरवर्ती सोच ।
उत्तरवर्ती सोच -२०६० पुषको महिनाबाट अधिकारीक रुपमा चक्रव्यूह पत्रिका मार्फ र्सार्वजनिक भएको हो । त्यसो त त्यो भन्दा अघि २०५८/५९ बाटै गृहकार्य योजना र लेखन गर्दै भवानी तावा, सगुन सुसारा, राज माङलाक, समीर, यलम्बर थाम्सुहाङ लगायतको एक जमात सक्रिय थियौं । उत्तरवर्ती सोचको मूल लक्ष्य नेपाली साहित्यमा उत्तरआधुनिक लेखनमा स्व-अस्तित्व, पर्ूर्वीय सिद्धान्त लगायत अरु धेरै लक्ष्यका साथ अघि बढेको एक लेखन/साहित्यिक अभियान नै हो । यसले बहुलता र बहुकेन्द्रीयताको विश्वास तथा मान्यतालाई सम्मान गर्दै नेपाली साहित्यमा नयाँ चिन्तन, सोच र नेपाली साहित्यको पहिचानको लागि । आग्रह, पर्ूवाग्रहभन्दा पनि विमर्शलाई मूल प्रक्रियामा राख्दै अघि बढ्छ ।

आज समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार । बरु बहुकेन्द्रीयताको पक्ष लिन्छु अनि स्व-स्वायत्तता र आत्मनिर्ण्र्ााो अधिकार पनि बाँकी छ । र्सार्वभौमसम्मलाई मात्र जम्मैलाई । यति भए समता र समग्र नेपाली साहित्यको विकासमा थप इटा हुनेछ । विश्वास । विश्वास त चेतनाले उनको पो त । लौ यो स्व-पहिचानको फाँटमा सबैलाई स्वागत छ । स्थानीय चेतनाको सलाम पनि ।

उत्तरवर्ती सोच अस्वीकार, दावी र खोज-बाट बढेको हो नेपाली साहित्यमा । मध्ये तथाकथित भूमण्डलीयकरणको अस्वीकार चेतनाको भाग भर्दछ-स्व-अस्तितवको । र्सार्वभौमिक सत्यको अस्वीकार पनि त मान्दै आएको । अझ बोैद्घकिताको व्यवहारिकता पनि मानेको । र बारम्बार भन्दै आएको, लेख्दै रहेको त्यो खण्डनको खण्डन पनि । भरि बाँच्छौं- लेखन, चेतना, तर्क या विमर्श । को- व्यवहार
एक भाषा, एक धर्म, एक संस्कार, एक देश, एक विश्व…….. भूमण्डलीयकरणका तत्वहरु-बाट स्पष्ट/अस्पष्ट रहयौं । कति -मान्छे) स्वीकार – कति -मान्छे) अस्वीकार – निश्चय पनि ‘स्व’को लागि हरेक -मान्छे, राष्ट्र) लडार्ँइ लड्द्छौं । अस्वीकार गर्र्छौं । आफ्नो पन बाहेक । थुप्रै सवालहरु आउँछन्- वर्तमानले । तत्कालीन परिवेश हेरौं – उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएकामा किन विरोध गर्‍र्यौं – सडक किन ततायौं – टायर किन बाल्यौं – अर्थात आन्दोलन नै किन गर्दछौं – कराडौं नेपालीहरुको अपमान भयो भनेर किन नेपालीमा सपथ लिनर्ुपर्छ भनेर अझै पनि विरोध गर्दर्र्छौ – यस विषयमा कसैले हामीलाई निर्देशन गरेको हो र – अर्थात मधेशी भनेर हामीले विरोध गरेको हो र – हामी त्यती ढोंगी र सम्प्रदायिक छौं र – होइन, निश्चय पनि होइन । यो त हाम्रो चेतनाको फैलावट मात्र हो । अझ ‘स्व’को पहिचानमा छौं- त्यसको खोज हो । साँच्चै भन्नु पर्दा विस्तारवादको विरोध हो । भूमण्डलीयकरणको अस्वीकार हो ।
हामीले स्वीकारेको- उपराष्ट्रपतिले मैथिलीमा सपथ खाएको भए आज नेपाल जल्ने नै थिएन । सडक तात्ने नै थिएन । बिद्यार्थीहरुको आन्दोलन बढ्ने नै थिएन । त्यसैले विरोधको उद्देश्य हुन्छ- आन्दोलनको लक्ष्य हुन्छ । खालि भड्कावको लागि आउँदैन । औचित्यका माला चुडाउन होइन । बरु उद्देश्यका लागि हो आन्दोलन, लक्ष्यका लागि हो विरोध । नै हामी होमियौं चेतनिक । र त खोज्दैछौं -‘हिन्दी र मैथिलमिा फरक’ आखिर हिन्दी पनि भाषा र मैथिली पनि । व्यवहार मन पराए, कति त हिन्दी पनि बोर्ल्छाैं- साथीभाई या आफ्ना आफन्त, रमाइलो भेट । तथापि हर बखत मान्दैनौं । यो स्व फैसला । त्यसो भए के सपथ स्व फैसला हो – अब मान्दैन यतिखेर राष्ट्रियता । यर्सथ नै त्यसै पनि औचित्य बाँच्दछ । र खण्डहरु खोजिरहन्छ । हामी त्यसको निर्धारक चेतनले । चेतना भन्नु नै ‘स्व’ हो । म, हामी, हाम्रो भन्ने भावनाले ओतप्रोत छ कि छैन – हाम्रो आफ्नो गन्ध छ कि छैन – त्यसले मात्तिदा रहेछौं- सचेत ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार
हाम्रो खण्डनको खण्डन बढ्यो । र भाग पनि भन्यौ त । हो उपराष्ट्रपतिले हिन्दीमा सपथ खाँदा हाम्रो नेपालीत्व कहाँ रह्यो – त्यसलेे हाम्रो भावना समेट्छ कि समेट्दनै, हाम्रो राष्ट्रियता रहन्छ कि रहदैन – प्रश्नहरुको लाम लाग्दो छ रहेछ ।
अब यतिखेर राष्ट्रियता भनेको के – नेपालीत्व भनेको के – हो, यतिखेर राष्ट्रियता भनेको नेपालीत्व हो, नेपालीत्व भनेका स्व पहिचान हो, स्व पहिचान भनेको जाति हो, जाति भनेको नेपाली हो । त्यसैले उपराष्ट्रपतिले मैथिलीमा सपथ लिएको/खाएको भए कम्तिमा नेपालीत्व/नेपालीपन रहन्थ्यो । किनभने त्यो -मैथिली) भनेको नेपालमा बसोबास गर्ने केही नेपाली जातिहरुले बोल्ने भाषा हो । त्यो नेपालीको भाषा हो, नेपाली जातिको भाषा हो । त्यसैले हामी त्यसलाई स्वीकार गर्र्छौं । एत्ति भए भूभण्डलीयकरणको अस्वीकार काफी ।
विकास र प्रविधिले हामीलाई सजिलो र नजिक बनाएकोमा दर्ुइमत नहोला । हामी त्यसका पर्ूण्ा विरोध बन्नु लाटो देशको गाँडो तन्नेरी मात्र । तर प्रविधिले लयायो भन्दैमा म को हुँ – नै वर्सनु चाँही अचेतना, अबौद्घकि । कुरा ‘र्साईबर लिटरेचर’को चलिरहेको छ । भूमण्डलीयकरणको अस्वीकार गर्नेले अस्वीकार गर्छन्- तर्क तपाईको । सापेक्षताले त्यो मान्दैन, उत्तरवर्ती त्यो मान्दैन र उत्तरवर्ती त्यसको पक्षपाती । तर ‘साइबर लिटरेचर’मा म को हुँ – छ कि छैन – प्रधान कुरा हो । सायद आजसम्म लेखिएको सबै साहित्यमा ‘स्व’को पहिचान निश्चय छ । त्यसैको लागि हो लेखन । आफू बेगर त ‘साइबस लिटरेचर’ बाँच्न पनि सक्दैन क्यार – त्यसैले हामी यो अङ्ग्रेजी, यो फ्रेन्च, यो रुसी, यो चाईनिज, यो अफ्रीकी साहित्य भनेर चिन्छौं । यो उसको ‘स्व’ पनाले नै पहिचानको बाटो खनेको छ । बनाई दिएको छ । सबैको जाति, देश फरक हुन्छ ने त्यसको पहिचान अनुहार हो भने आफ्नो mष्अअचय ष्मभलतष्तथ हुनु भनेको अरु कुरा छ । साइबर/कम्प्युटर माध्यम मात्रै त हो- कापी कलमको जस्तै, किताबको जस्तै । बुझ्नु यो रह्यो माध्यम जे भएपनि ‘स्व’ छ कि छैन –
चाहे-अत्रिको कोलम,
च्याउ ……इ
याङ्बेन …त्या
सिस्नु….. दि
मेरो आन्द्रामा ताम्भुङ्जाको काई लागेको छ ।
-भवानी तावा
नत्र त,
भवानी तावाको ‘न्वारान नभइएको अक्षांश’ मात्रै
हामी त न्वारान नभएको अक्षांश
बाट
नेपाली साहित्य लेखन आरम्भले मागेको विकेन्द्रीयता सापेक्षिक भागौं । उपभोगको अतिवादी सोचले निश्चय पच्दैन । विचारको सर्वोच्च फैलावट पाल्नर्ुपर्छ- साजी र, हामीहरु बाँच्छौं- आज, मोलि, ले उत्तरवर्ती सोच चेतनाले टेक्ने । तिरवाट भाग ।
हामीले भोग्ने गरेको देश, जीवन, संस्कार, धर्म या अन्य यस्तै थुप्रैहरुले- आज हामी । मान्छे विभिन्न देशको, राष्ट्रका, मुलुकको भनेर गर्व गर्र्छौं । इथोपियाको कोही, केन्याको कोही, या नेपालको कोही । आफ्नो भन्नु गौरव हुन्छ, स्वभिमान हुन्छ- लागेर बाडिन्छौं, छुट्टन्िछौं- स्वायत्ताभरि । सीमा काटिरहन्छौं, हेरिरहन्छौं, बाडिरहन्छौं मायाले, चेतनाले, बुद्घलिे माया भावनात्मक मात्रै हो र – पैसाले किन्न सकिने हो र – साँच्चै आफ्नो भन्नुमा प्राण जस्तो मोह पो बाँचेको हुन्छ त । त्यही निस्सीमताले, विस्तुतिले बाँच्५छौं सदा । नत्र त ‘घाम नअस्ताउने देश’को सपना नेपोलियन, हिटलर या यस्तैले भेट्नु नि खै –
विचारले विकेन्द्रीयता माग्छ- ले आयौं यहाँसम्म । हाम्रो खण्डन बढ्यो प्रति खण्डन हुन सक्छ- अस्वीकार भयो, मात्तै । जियाई पनि यसैमा रुमल्लिई रहेको छ । केन्द्रहरुको बहुलतामा आज पेन्टागन ढल्यो । बाबरी मस्जिद उडाइयो किन – धार्मिक अन्धभक्तहरुले उठाएको दङ्गा हो र – लहड हो र – निश्चय पनि होइन । स्वाभिमानले उठाएको टाउको हो । आत्मनिर्ण्ाायको अधिकारको पर्वत हो । टुक्रा अस्तित्व हो । मान्छेभित्र पलाएको ढोग होइन, जियाईको र्सार्वभोमिकता – मात्तै ।
अस्वीकार गर्नु पर्ने कुरामा पनि तथाकथित आएपछि प्रष्ट हुने विषय नै छ- हो कारणले जानी-जानी, खेलाई-खेलाई, हेपी-हेपी, फकाई-फकाई । आउँछन् -लाई । अर्थात नियतवस, षडयन्त्रवस, साँच्चै सभ्यताको नाउमा, सहयोगको नाउमा, भोगिरहेको अस्तित्वको, स्वपहिचानको खेलवाडलाई – जस्ता अनेकौमा । ए ! अब त कसैले कसैको उपनिवेश, संस्कार संस्कृतिलाई सजिलै लिन सक्दैन । त्यसको विकल्प विश्व विभिन्न देशमा, देश विभिन्न स्थानीय प्रदेशमा बहुल रुपमा परिणत हुदैछन् । बहु भाषाहरुको विकास भइरहकेा छ । संस्कृतिहरु बहुल नै रमाउदै छ यसैले गर्दा एउटाको संस्कृति, भाषा लादियो भने अर्कोको विकास कहिल्यै हुन्न- ले अस्वीकार । अस्तित्वको पर्खाल छेकिन्छ । छेकिनु यो चेतनाले कोही मान्दैन । नमान्नु स्वायत्त विचार-ले स्वायत्त विचार अस्वीकार । त्यसैले तथाकथित भूमण्डलीयकरणको अस्वीकार बढ्यो ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार त स्व-अस्तित्व पो हो त । आजसम्मको जीवनपराकाष्टाले सामाजिक संस्कृतिले त्यसै भन्छ । चलि आएको इच्छाले, विचारले, मानि ल्याएको संभवत त्यस्तो कोही नहोला कि आफ्नो स्व-पहिचान भूल्छ, मेट्छ, फ्याक्छ । एउटा कुरा गरौं – धेरै सम्पन्न मुलुकतिर आकर्षा हुन्छन् । त्यस्तो ठाएँमा पुगेर ऊ कहिल्यै सन्तुष्टि हुदैन – सम्पत्ति कमाओस्, नाम कमाओस् । किनभने उसको स्व-त्व आफ्नो देश सम्झी रहन्छ । आफ्नै माटो छुन चाहन्छ । टेक्न चाहन्छ । यी सप्पै जीवन पद्घतीका वस्तुगत जियाई हिजो थियो, आज छ र भोलि पनि रहने छ । परिवर्तन -स्व अस्तित्वसम्म । ले नै तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।

उत्तरवर्ती सोच- विकेन्द्रीयताले रमाएको छ । बहुकेन्द्रको उपस्थिति हो । अझ अनुपस्थितिको उपस्थितिसम्म हो । भोग्दै आएको र्सार्वभौमिक सत्य त अस्वीकारलाई पो थमायौं । त्यसो गर्नु खण्डन त अब मवाट हामी, एउटावाट जम्मै -सप्पै) बहुको प्रसारण बढ्दो छ । चेतनाले ल्याएको यो विस्तृति अब छेक्ने कुनै, केही, कसैको सामार्थ्य छैन । यदि त्यसो भयो भने उ एकल हुन्छ आफै. हुन्छ । त्यसो भएपछि जम्मैको छाँयामा पार्छ, ओझेलमा पर्छ । कदाचित केही समय सफलता पाउला – तर अन्ततोगतवा त्यो नासिएर जान्छ । हराएर जान्छ । अर्थ एकलवाट बहुल हुनु । त्यतीले भूमण्डलीयकरणको अस्वीकारमा तथाकथित थपिनु दोष होइन, अचेतन पनि होइन । साँच्चै । त्यती भइहाले त्यो सत्ता शक्ति निर्मित मात्र हो । त्यसमा अनुपस्थितिको इतिहासलाई पनि उत्तरवर्ती सोचले अस्वीकार गरिसक्यो । त्यसमा अनुपस्थितिको इतिहास मर्छ । यसो हुनु अस्तित्वको पराकाष्टा होइन- ले पो त आएको ।

तथाकथित भनेर नियोजित जर्वजस्ती भनेर माने भयो । भोगाइले सायद यो मान्दैन- भाषामा, संस्कृतिमा र नै तथाकथित भुमण्डलीयकरणलाई अस्वीकार विमर्शका लागि ढोका खुला राखेका छौं । बुझ्ने छौं । सोच्ने छौं । चिन्तन गर्ने छौ- बहुलतामा । उत्तरवर्ती सोचवाट ।

१०/०७/०६५, फिदिम-पाँचथर

(स्रोत : Dobato)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.