~सगुन सुसारा~
उत्तरवर्ती सोच- केन्द्रीयताको विरुद्ध छ । अर्समर्थनमा रमाउँछ । अर्थात बहुकेन्द्रीयताको उपभोग । हालसम्म केन्द्रीयताले लादेको माखेसाङको फुस्काउने मात्र होइन-नयाँ सुरुको बाटो पनि उत्तरवर्ती सोच । वास्तवमा यो आएको बिचार हो । साँच्चै यो अन्य अश्त्रभन्दा कम छैन । बिचार भन्नु एउटा अश्त्र । यही बिचारको करिया मात्तै हतियार । यर्सथ हतियार पहिलो होइन, डर लाग्दो होइन । चेतना हो हतियार र डर लाग्दो । डराउनु यसबाट पर्छ । यत्तैबाट, केन्द्रीयता बदनियतको जवाफ हो, उत्तरवर्ती सोच । जसलाई र्सार्वभौमिक सत्यको नाममा दवाइयो । तर त्यो दवाई नकाम हुनेछ- भयो । साँच्चै, साहित्य, राजनीतिक, सामाजीक वा जम्मै गोमनको फणा जस्तो उठीरहेछ । कुरा के हो भने र-हामी र्सार्वभौमसत्ता सम्पन्न छौं कि छैनौं -‘ हाम्रो संविधानले के भन्छ – व्यवहारमा के भोग्दै छौं – बिचारणीय कुरा हो ।
उत्तरवर्तीसोच ‘समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार ।’ साँच्चै अस्तित्वको पक्ष । यतैबाट, हामी बिचारमा र्सार्वभौम छौ भने त्यसको अनुभूति सबैले पाउनु पर्छ । साहित्य, राजनीतिक, समाजशास्त्र मानवशास्त्र, धर्म । त्यसो नहुँदा नै त उत्तरवर्ती सोच अस्वीकार दावी र खोजबाट अघि बढ्छ -चेतनीक । अब त सबै । सानो उदाहरण बनाऔं-नेपाली साहित्य एकदमै केन्द्रीयता कि त सक्ताशक्ति निर्मित छ । र्सार्वभौम छैन । बहुकेन्द्रीय छैन । अथवा सह-अस्तीत्वको छैन । आरोप छ ‘उत्तरवर्ती सोच’ अति जातिबादी भयो, यस्तो साहित्य स्वीकार्न सकन्न । गजब छ, कत्रो दम्भ – कत्रो सामन्तीवादीता – कत्रो निरङकुशता – हो आज यीनै अराजकता, निरङकुशताको विकासमा बिचार उठीरहेछ यही बिचार भन्नु हतियार हो । त्यो सम्हाल्न सकिएन भने अनिष्ट हुनसक्छ। यही अनिष्टताको सचेतनाका खातिर उत्तरवती सोच ।
आउँदैछु हिजो नेपाल हिन्दु राज्य हुँदा उत्तरका धर्माबलम्बीहरुलाई कस्तो सास्ती भयो होला – अर्कोको संस्कृतिमा हर्ुकन कति पीडा भयो होला – कति घीन लाग्यो होला – आज बिचार गरौं धर्म निरपेक्ष राज्य हुँदा । वास्तवमा, आफ्नो अधिकार, जीवन या त स्वतन्त्रतामा हस्तक्षेप, उत्पीडन, दमन भएमा त्यसको बिरुद्ध जाइ लाग्छ । यो निरन्तर प्रक्रिया । तर उत्तरवर्ती सोच त्यसको पक्षपाती नाइ । यो त सहअस्तित्व, सहसम्बन्ध सह -व्यवहारको । अर्थात तिमी छौ, हामी छौं र अरुहरु पनि छन् । त्यसैले समग्रवादी र्सार्वभौमिक अस्वीकार । हामीले भनेको, सहअस्तीत्वको सम्बन्धले समाज, राष्ट्रि भाषा र साहित्यको भण्डार विशाल, दरिलो र फराकिलो हुनर्ुपर्छ-हुन्छ । त्यसो भएमा कसैको असन्तुष्टि शेषपनि रहदैन । हामी आफैं सम्बद्ध । अब आएर अभिव्यक्तिमा र्सार्वभौम बन्यो कि बनेन – त्यो पनि हर्ेन जरुरी बन्यो । जातीय मिथकले कवितालाई उत्कृष्टता बनाउनु जातिको मात्रै टेवा पुग्ने होइन यसले त समग्र साहित्य -नेपाली) लाई यो सम्बद्ध र नेपालीपनको बनाइन, परिचय दिन सहयोग पुर्याइने छ । अब अन्तराष्ट्रिय साहित्यमा यसको भूमिका बेजोड रहन्छ । आफ्नै मौलिक पहिचान बन्छ । यर्सथ यसमा आत्तिइ हाल्नुपर्ने अवस्था छैन । हाम्रो स्वभाव । बिस्तारै जम्मै समायोजन र सहजता हुन्छ ।
कुरा स्व-अस्तीत्वको गर्ने पर्ने जरुरी बन्यो – उत्तरवर्ती सोचमा आइपुग्दा । हिजोसम्म घुमाउरो व्यवहारले चल्यो-अस्तीत्व । अब मान्दैन चेतनीक । अर्थात अस्तीत्व धर्मनिरपेक्ष हुँदै आज राज्य पुनः संरचनामा अधिक किन जातीय संरचना उठिरहेछ । मननीय र बिचारणीय कुरा छ । राज्य संयत्रले दिएको उत्पीडन, शोषण, दमन र सह-अस्तित्वको खिल्ली उर्डाई नै यसको प्रमुख हो । त्यो कयौं बर्षो उत्पीडन, शोषण र दमनको ज्वालामुखी हो । त्यसैले अब अनुपस्थितिको उपस्थितिलाई स्वीकार्नु बाहेक उत्तम र सजिलो उपाय केही छैन । अब त्यो एकल वा केन्द्रीय बिचार त्यागे हुन्छ । बिरुद्धमा बहुकेन्द्रीयता आउँछ । त्यसैको परिणाम सामाजिक आर्थीक, राजनीतिक, साँस्कृतिक र साहित्यिक पछौटेपना बाँची रह्यो । यसले अनुपस्थितिमा रहेका पछि परे नै । राज्य पनि पछि पर्यो । कुनै व्यक्ति, जाति, समाज सभ्य हुनु भनेको राज्य सभ्य हुनु नै हो । यसैले आजको चिन्तन उत्तरवर्ती सोचबाट । समय सर्न्दर्भमा बिचारान्ताले नै चेतनीक नत्र त र्सार्वभौम खै –
उत्तरवर्ती सोच-स्वअस्तित्वको जयगान गाउँछ । त्यसैले बहुलताको पक्षपाती हामी मात्तै होइन । यद्धपि लेख्नमा उपस्थितिको कुरा कम र अनुपस्थितिको कुरा धेर छ । यसको आवश्यकता त्यती । खण्डनको खण्डनलेपनि उत्तिकै मानेको होला- बिश्वास छ । र्सार्वभौम नै यसको जननी । आज यसरी नै । त्यसैको फराकिलो फाँटमा उभिएर आत्म सम्मानले बाँच्न पाउने अधिकार प्रत्यायोजन हो । अथार्त हावी हो । समग्रतावादी र्सार्वभौमिक सत्यको यस कारणले पनि अघि अस्वीकार । होइन भने र्सार्वभौम र सम्मानीत अस्तीत्वको बाटो बन्द देखिएला – र आर्को धराप जन्ममेला – हो हामी यीनै समस्याको मध्ययार्गी । अर्थात लेखक । नत्रता स्वतन्त्र अभिव्यक्तिले पाउने भूमिका साहित्यको के हुन सक्ला – त्यती मात्र होइन समाज र समुदायको महत्व पनि त बाँच्ला कि नबाँच्ला – लेखनमा यीनैको सारले उत्तरवर्ती सोच ।
उत्तरवर्ती सोच -२०६० पुषको महिनाबाट अधिकारीक रुपमा चक्रव्यूह पत्रिका मार्फ र्सार्वजनिक भएको हो । त्यसो त त्यो भन्दा अघि २०५८/५९ बाटै गृहकार्य योजना र लेखन गर्दै भवानी तावा, सगुन सुसारा, राज माङलाक, समीर, यलम्बर थाम्सुहाङ लगायतको एक जमात सक्रिय थियौं । उत्तरवर्ती सोचको मूल लक्ष्य नेपाली साहित्यमा उत्तरआधुनिक लेखनमा स्व-अस्तित्व, पर्ूर्वीय सिद्धान्त लगायत अरु धेरै लक्ष्यका साथ अघि बढेको एक लेखन/साहित्यिक अभियान नै हो । यसले बहुलता र बहुकेन्द्रीयताको विश्वास तथा मान्यतालाई सम्मान गर्दै नेपाली साहित्यमा नयाँ चिन्तन, सोच र नेपाली साहित्यको पहिचानको लागि । आग्रह, पर्ूवाग्रहभन्दा पनि विमर्शलाई मूल प्रक्रियामा राख्दै अघि बढ्छ ।
आज समग्रतावादी र्सार्वभौमिक सत्यको अस्वीकार । बरु बहुकेन्द्रीयताको पक्ष लिन्छु अनि स्व-स्वायत्तता र आत्मनिर्ण्र्ााो अधिकार पनि बाँकी छ । र्सार्वभौमसम्मलाई मात्र जम्मैलाई । यति भए समता र समग्र नेपाली साहित्यको विकासमा थप इटा हुनेछ । विश्वास । विश्वास त चेतनाले उनको पो त । लौ यो स्व-पहिचानको फाँटमा सबैलाई स्वागत छ । स्थानीय चेतनाको सलाम पनि ।
उत्तरवर्ती सोच अस्वीकार, दावी र खोज-बाट बढेको हो नेपाली साहित्यमा । मध्ये तथाकथित भूमण्डलीयकरणको अस्वीकार चेतनाको भाग भर्दछ-स्व-अस्तितवको । र्सार्वभौमिक सत्यको अस्वीकार पनि त मान्दै आएको । अझ बोैद्घकिताको व्यवहारिकता पनि मानेको । र बारम्बार भन्दै आएको, लेख्दै रहेको त्यो खण्डनको खण्डन पनि । भरि बाँच्छौं- लेखन, चेतना, तर्क या विमर्श । को- व्यवहार
एक भाषा, एक धर्म, एक संस्कार, एक देश, एक विश्व…….. भूमण्डलीयकरणका तत्वहरु-बाट स्पष्ट/अस्पष्ट रहयौं । कति -मान्छे) स्वीकार – कति -मान्छे) अस्वीकार – निश्चय पनि ‘स्व’को लागि हरेक -मान्छे, राष्ट्र) लडार्ँइ लड्द्छौं । अस्वीकार गर्र्छौं । आफ्नो पन बाहेक । थुप्रै सवालहरु आउँछन्- वर्तमानले । तत्कालीन परिवेश हेरौं – उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएकामा किन विरोध गर्र्यौं – सडक किन ततायौं – टायर किन बाल्यौं – अर्थात आन्दोलन नै किन गर्दछौं – कराडौं नेपालीहरुको अपमान भयो भनेर किन नेपालीमा सपथ लिनर्ुपर्छ भनेर अझै पनि विरोध गर्दर्र्छौ – यस विषयमा कसैले हामीलाई निर्देशन गरेको हो र – अर्थात मधेशी भनेर हामीले विरोध गरेको हो र – हामी त्यती ढोंगी र सम्प्रदायिक छौं र – होइन, निश्चय पनि होइन । यो त हाम्रो चेतनाको फैलावट मात्र हो । अझ ‘स्व’को पहिचानमा छौं- त्यसको खोज हो । साँच्चै भन्नु पर्दा विस्तारवादको विरोध हो । भूमण्डलीयकरणको अस्वीकार हो ।
हामीले स्वीकारेको- उपराष्ट्रपतिले मैथिलीमा सपथ खाएको भए आज नेपाल जल्ने नै थिएन । सडक तात्ने नै थिएन । बिद्यार्थीहरुको आन्दोलन बढ्ने नै थिएन । त्यसैले विरोधको उद्देश्य हुन्छ- आन्दोलनको लक्ष्य हुन्छ । खालि भड्कावको लागि आउँदैन । औचित्यका माला चुडाउन होइन । बरु उद्देश्यका लागि हो आन्दोलन, लक्ष्यका लागि हो विरोध । नै हामी होमियौं चेतनिक । र त खोज्दैछौं -‘हिन्दी र मैथिलमिा फरक’ आखिर हिन्दी पनि भाषा र मैथिली पनि । व्यवहार मन पराए, कति त हिन्दी पनि बोर्ल्छाैं- साथीभाई या आफ्ना आफन्त, रमाइलो भेट । तथापि हर बखत मान्दैनौं । यो स्व फैसला । त्यसो भए के सपथ स्व फैसला हो – अब मान्दैन यतिखेर राष्ट्रियता । यर्सथ नै त्यसै पनि औचित्य बाँच्दछ । र खण्डहरु खोजिरहन्छ । हामी त्यसको निर्धारक चेतनले । चेतना भन्नु नै ‘स्व’ हो । म, हामी, हाम्रो भन्ने भावनाले ओतप्रोत छ कि छैन – हाम्रो आफ्नो गन्ध छ कि छैन – त्यसले मात्तिदा रहेछौं- सचेत ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार
हाम्रो खण्डनको खण्डन बढ्यो । र भाग पनि भन्यौ त । हो उपराष्ट्रपतिले हिन्दीमा सपथ खाँदा हाम्रो नेपालीत्व कहाँ रह्यो – त्यसलेे हाम्रो भावना समेट्छ कि समेट्दनै, हाम्रो राष्ट्रियता रहन्छ कि रहदैन – प्रश्नहरुको लाम लाग्दो छ रहेछ ।
अब यतिखेर राष्ट्रियता भनेको के – नेपालीत्व भनेको के – हो, यतिखेर राष्ट्रियता भनेको नेपालीत्व हो, नेपालीत्व भनेका स्व पहिचान हो, स्व पहिचान भनेको जाति हो, जाति भनेको नेपाली हो । त्यसैले उपराष्ट्रपतिले मैथिलीमा सपथ लिएको/खाएको भए कम्तिमा नेपालीत्व/नेपालीपन रहन्थ्यो । किनभने त्यो -मैथिली) भनेको नेपालमा बसोबास गर्ने केही नेपाली जातिहरुले बोल्ने भाषा हो । त्यो नेपालीको भाषा हो, नेपाली जातिको भाषा हो । त्यसैले हामी त्यसलाई स्वीकार गर्र्छौं । एत्ति भए भूभण्डलीयकरणको अस्वीकार काफी ।
विकास र प्रविधिले हामीलाई सजिलो र नजिक बनाएकोमा दर्ुइमत नहोला । हामी त्यसका पर्ूण्ा विरोध बन्नु लाटो देशको गाँडो तन्नेरी मात्र । तर प्रविधिले लयायो भन्दैमा म को हुँ – नै वर्सनु चाँही अचेतना, अबौद्घकि । कुरा ‘र्साईबर लिटरेचर’को चलिरहेको छ । भूमण्डलीयकरणको अस्वीकार गर्नेले अस्वीकार गर्छन्- तर्क तपाईको । सापेक्षताले त्यो मान्दैन, उत्तरवर्ती त्यो मान्दैन र उत्तरवर्ती त्यसको पक्षपाती । तर ‘साइबर लिटरेचर’मा म को हुँ – छ कि छैन – प्रधान कुरा हो । सायद आजसम्म लेखिएको सबै साहित्यमा ‘स्व’को पहिचान निश्चय छ । त्यसैको लागि हो लेखन । आफू बेगर त ‘साइबस लिटरेचर’ बाँच्न पनि सक्दैन क्यार – त्यसैले हामी यो अङ्ग्रेजी, यो फ्रेन्च, यो रुसी, यो चाईनिज, यो अफ्रीकी साहित्य भनेर चिन्छौं । यो उसको ‘स्व’ पनाले नै पहिचानको बाटो खनेको छ । बनाई दिएको छ । सबैको जाति, देश फरक हुन्छ ने त्यसको पहिचान अनुहार हो भने आफ्नो mष्अअचय ष्मभलतष्तथ हुनु भनेको अरु कुरा छ । साइबर/कम्प्युटर माध्यम मात्रै त हो- कापी कलमको जस्तै, किताबको जस्तै । बुझ्नु यो रह्यो माध्यम जे भएपनि ‘स्व’ छ कि छैन –
चाहे-अत्रिको कोलम,
च्याउ ……इ
याङ्बेन …त्या
सिस्नु….. दि
मेरो आन्द्रामा ताम्भुङ्जाको काई लागेको छ ।
-भवानी तावा
नत्र त,
भवानी तावाको ‘न्वारान नभइएको अक्षांश’ मात्रै
हामी त न्वारान नभएको अक्षांश
बाट
नेपाली साहित्य लेखन आरम्भले मागेको विकेन्द्रीयता सापेक्षिक भागौं । उपभोगको अतिवादी सोचले निश्चय पच्दैन । विचारको सर्वोच्च फैलावट पाल्नर्ुपर्छ- साजी र, हामीहरु बाँच्छौं- आज, मोलि, ले उत्तरवर्ती सोच चेतनाले टेक्ने । तिरवाट भाग ।
हामीले भोग्ने गरेको देश, जीवन, संस्कार, धर्म या अन्य यस्तै थुप्रैहरुले- आज हामी । मान्छे विभिन्न देशको, राष्ट्रका, मुलुकको भनेर गर्व गर्र्छौं । इथोपियाको कोही, केन्याको कोही, या नेपालको कोही । आफ्नो भन्नु गौरव हुन्छ, स्वभिमान हुन्छ- लागेर बाडिन्छौं, छुट्टन्िछौं- स्वायत्ताभरि । सीमा काटिरहन्छौं, हेरिरहन्छौं, बाडिरहन्छौं मायाले, चेतनाले, बुद्घलिे माया भावनात्मक मात्रै हो र – पैसाले किन्न सकिने हो र – साँच्चै आफ्नो भन्नुमा प्राण जस्तो मोह पो बाँचेको हुन्छ त । त्यही निस्सीमताले, विस्तुतिले बाँच्५छौं सदा । नत्र त ‘घाम नअस्ताउने देश’को सपना नेपोलियन, हिटलर या यस्तैले भेट्नु नि खै –
विचारले विकेन्द्रीयता माग्छ- ले आयौं यहाँसम्म । हाम्रो खण्डन बढ्यो प्रति खण्डन हुन सक्छ- अस्वीकार भयो, मात्तै । जियाई पनि यसैमा रुमल्लिई रहेको छ । केन्द्रहरुको बहुलतामा आज पेन्टागन ढल्यो । बाबरी मस्जिद उडाइयो किन – धार्मिक अन्धभक्तहरुले उठाएको दङ्गा हो र – लहड हो र – निश्चय पनि होइन । स्वाभिमानले उठाएको टाउको हो । आत्मनिर्ण्ाायको अधिकारको पर्वत हो । टुक्रा अस्तित्व हो । मान्छेभित्र पलाएको ढोग होइन, जियाईको र्सार्वभोमिकता – मात्तै ।
अस्वीकार गर्नु पर्ने कुरामा पनि तथाकथित आएपछि प्रष्ट हुने विषय नै छ- हो कारणले जानी-जानी, खेलाई-खेलाई, हेपी-हेपी, फकाई-फकाई । आउँछन् -लाई । अर्थात नियतवस, षडयन्त्रवस, साँच्चै सभ्यताको नाउमा, सहयोगको नाउमा, भोगिरहेको अस्तित्वको, स्वपहिचानको खेलवाडलाई – जस्ता अनेकौमा । ए ! अब त कसैले कसैको उपनिवेश, संस्कार संस्कृतिलाई सजिलै लिन सक्दैन । त्यसको विकल्प विश्व विभिन्न देशमा, देश विभिन्न स्थानीय प्रदेशमा बहुल रुपमा परिणत हुदैछन् । बहु भाषाहरुको विकास भइरहकेा छ । संस्कृतिहरु बहुल नै रमाउदै छ यसैले गर्दा एउटाको संस्कृति, भाषा लादियो भने अर्कोको विकास कहिल्यै हुन्न- ले अस्वीकार । अस्तित्वको पर्खाल छेकिन्छ । छेकिनु यो चेतनाले कोही मान्दैन । नमान्नु स्वायत्त विचार-ले स्वायत्त विचार अस्वीकार । त्यसैले तथाकथित भूमण्डलीयकरणको अस्वीकार बढ्यो ।
तथाकथित भूमण्डलीयकरणको अस्वीकार त स्व-अस्तित्व पो हो त । आजसम्मको जीवनपराकाष्टाले सामाजिक संस्कृतिले त्यसै भन्छ । चलि आएको इच्छाले, विचारले, मानि ल्याएको संभवत त्यस्तो कोही नहोला कि आफ्नो स्व-पहिचान भूल्छ, मेट्छ, फ्याक्छ । एउटा कुरा गरौं – धेरै सम्पन्न मुलुकतिर आकर्षा हुन्छन् । त्यस्तो ठाएँमा पुगेर ऊ कहिल्यै सन्तुष्टि हुदैन – सम्पत्ति कमाओस्, नाम कमाओस् । किनभने उसको स्व-त्व आफ्नो देश सम्झी रहन्छ । आफ्नै माटो छुन चाहन्छ । टेक्न चाहन्छ । यी सप्पै जीवन पद्घतीका वस्तुगत जियाई हिजो थियो, आज छ र भोलि पनि रहने छ । परिवर्तन -स्व अस्तित्वसम्म । ले नै तथाकथित भूमण्डलीयकरणको अस्वीकार ।
उत्तरवर्ती सोच- विकेन्द्रीयताले रमाएको छ । बहुकेन्द्रको उपस्थिति हो । अझ अनुपस्थितिको उपस्थितिसम्म हो । भोग्दै आएको र्सार्वभौमिक सत्य त अस्वीकारलाई पो थमायौं । त्यसो गर्नु खण्डन त अब मवाट हामी, एउटावाट जम्मै -सप्पै) बहुको प्रसारण बढ्दो छ । चेतनाले ल्याएको यो विस्तृति अब छेक्ने कुनै, केही, कसैको सामार्थ्य छैन । यदि त्यसो भयो भने उ एकल हुन्छ आफै. हुन्छ । त्यसो भएपछि जम्मैको छाँयामा पार्छ, ओझेलमा पर्छ । कदाचित केही समय सफलता पाउला – तर अन्ततोगतवा त्यो नासिएर जान्छ । हराएर जान्छ । अर्थ एकलवाट बहुल हुनु । त्यतीले भूमण्डलीयकरणको अस्वीकारमा तथाकथित थपिनु दोष होइन, अचेतन पनि होइन । साँच्चै । त्यती भइहाले त्यो सत्ता शक्ति निर्मित मात्र हो । त्यसमा अनुपस्थितिको इतिहासलाई पनि उत्तरवर्ती सोचले अस्वीकार गरिसक्यो । त्यसमा अनुपस्थितिको इतिहास मर्छ । यसो हुनु अस्तित्वको पराकाष्टा होइन- ले पो त आएको ।
तथाकथित भनेर नियोजित जर्वजस्ती भनेर माने भयो । भोगाइले सायद यो मान्दैन- भाषामा, संस्कृतिमा र नै तथाकथित भुमण्डलीयकरणलाई अस्वीकार विमर्शका लागि ढोका खुला राखेका छौं । बुझ्ने छौं । सोच्ने छौं । चिन्तन गर्ने छौ- बहुलतामा । उत्तरवर्ती सोचवाट ।
१०/०७/०६५, फिदिम-पाँचथर
(स्रोत : Dobato)