समय छिटो हिड्यो कि बुवा !
म नै ढिलो भएँ ।?
सुई चाडो कुड्यो कि बुवा !
पाईला सुस्त चालें ।?
दु:ख गरी सुख दियौ
सन्तानलाई, बुवा ।
गरीबबाट धनी पार्यौ
परिवारलाई, बुवा ।
जिउभरी छोपिदियौ
नाङे-भाङ्रेलाई, बुवा ।
झुप्रोमै जन्म्यौ हुर्क्यौ
हामी महलमा, बुवा ।
सधैं सानै ठाउँमा बस्यौ
देखायौ संसार, बुवा ।
काडाभरी आँफै कुल्च्यौ
हामी फूलमा, बुवा ।
तर आज बिधुवा पार्यौ
हाम्री आमालाई, बुवा ।
सहाराहिन बनाइ छाड्यौ
लालाबालालाई, बुवा ।
रुवावासी बनाइ गयौ
छिमेकीलाई, बुवा ।
अध्यारो र सुनसान पायौ
हाम्रै घरलाई, बुवा ।
सुखी परिवार दुखी भयौ
अचानकमै, बुवा ।
टुहुराको सन्तान टुहुरै बन्यौ
मान्छेको चोला, बुवा ।
बिपन्नबाट सम्पन्न भयौ
फेरी दरिद्र, बुवा ।
सबै सबै चढाउन चाह्यौ
नमिल्ने रहेछ, बुवा ।
घरको धुरी-मुली गुमायौ
नफिर्ने गरी, बुवा ।
हेर्दा हेर्दै खरानी पायौ
आँखा सामु, बुवा ।
जताततै आशाले खोज्यौ
नभेटिने रैछ, बुवा ।
बुवा-बुवा चिच्याउदै भन्यौ
नपाईने साईनो, बुवा ।
चाहेरै पनि योग्य भइन
बचाउनलाई, बुवा ।
आसुँ पुछ्न’नि भ्याएन
चाहदा चाहदै, बुवा ।
अन्तिम उपदेश’नि छुताए
आउँदा आउँदै, बुवा ।
अन्तिम बोली’नि सुनिन
अधुरै भो इच्छा, बुवा ।
मेरै हातले खुवाउन पाइन
पानी माग्दा, बुवा ।
छेउमा सहारा हुन सकिन
अन्तिम क्षणमा, बुवा ।
सेवा गर्न लेखिनछु
सराप नदिनु, बुवा ।
कुनै कर्तब्य पुरा गरिन
सम्झेकैछु, बुवा ।
गुमाए पनि आदर्शलाई
आत्मा साक्षी, बुवा ।
सधैं मेरो भगवानलाई
पुजिराछु, बुवा ।
सेवा गर्न अर्को जुनी
कुरिराछु, बुवा ।
गह्रौ सबै बिडो पनि
ठामिराछु, बुवा ।
मुटु साह्रै पोले पनि
सहिराछु, बुवा ।
भित्र भित्रै दले पनि
सम्हालिराछु, बुवा ।
सपना साकार पार्नेछु
भुल्ने छैन, बुवा ।
मरेकालाई ब्युताउने आशिष
चुकाउने छैन, बुवा ।
रोएकालाई हसाउने अर्ती
बिर्सिने छैन, बुवा ।
जूनकिरी बनी अध्यारो चिर्छु
अल्मलिने छैन, बुवा ।
दियो बनी उज्यालो दिन्छु
निभ्ने छैन, बुवा ।
अप्ठ्यारोमा आत्मबल,
थपिदिनु बुवा ।
निराशालाई मनबाट,
पन्छाइदिनु बुवा ।
बिपत्तिमा काध सधै,
थापिदिनु बुवा ।
दोबाटोमा बाटोहरु,
चिनाइदिनु बुवा ।
दोधारमा अल्मलिदा,
भनिदिनु बुवा ।
अद्रिश्यमै हामीलाई,
हेरिरहनु, बुवा ।
प्रेरणा दिन आशिर्वाद,
छरिरहनु बुवा ।
सफलतामा स्वर्गैबाट,
हाँसिदिनु बुवा ।
(स्रोत : Satakosahitya)