यो आगोमा हिमालको सेतो च्यादर ओढेर आएँ
हारें वा जितें जिउदो लाश चितामा झोसेर आएँ ।
माछापुच्छे« नेपालको गौरव हो हिमालको चुली
प्रजातन्त्र अफाप, लोकतन्त्र आजै रोपेर आएँ ।
कस्तुरी, हरिण र प्रकृतिको बगैचा हो हिमाल
मान्छे जति त मरिसके पशु जति छोडेर आएँ ।
हिमालको काखमा छु भन्ने यो कुरो इतिहास भो,
मेरै काखमा हिमाल भो देह मैले तोडेर आएँ ।
भन्थें, हिमालको शौन्दर्यमा सर्वत मिलाइदिन्छु,
हिमाल भन्दाभन्दै जुनी बित्यो लाशै मोडेर आएँ ।
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
March 18th 2007
(स्रोत : DCNEPAL.com)