~नारद दमाई~
हरेक खुशी र दु:खमा तिम्रो याँद आउंछ ।
नुनको आँखा पोलाईमा तिम्रो याँद आउंछ ।
तिम्रो अमृतले भरिपुर्ण छाललाई के थाँहा गंगा माँ,
समुन्द्र पारी बिरानोमा तिम्रो याँद आउंछ ।
हरेक खाली आँगन देख्दा तिम्रो याँद आउंछ ।
बिहान सपनीको मलिन्दमा तिम्रो याँद आउंछ ।
हेल्लो! हे! हाय! सुनेर त आउदैन तर,
जब भन्छ कोही नमस्कार या जय नेपाल तब तिम्रो याँद आउछ ।
कसैले हेरे जन्म पत्री तिम्रो याँद आउंछ ।
ब्रत बस्छीन कोही साबित्री त तिम्रो याँद आउंछ ।
अचानक संकटमा हात जोडेर आँखा चिम्लेर,
गाउँछ कोही गायत्री त तिम्रो याँद आउंछ ।
निकाल्थिन आमाले मुर्हुत जब तिम्रो याँद आउंछ ।
हास्छ जहिले बुद्धको मुरत त तिम्रो याँद आउंछ ।
कतै रियाल र डलरको पछाडि लुके बिर्सेर रुपैयाँलाई,
देख्छु जब सगरमाथाको तस्बिर त तिम्रो याँद आउंछ ।
कहिले हुँदा मौसम मनोभिराम तिम्रो याँद आउंछ ।
गर्जिदा आकाश, बर्षिदा मेघ तिम्रो याँद आउंछ ।
कही गुन्जिदा राष्ट्रिय गान गर्वको आसुँले,
बनाउंदा आँखालाई पावन त तिम्रो याँद आउंछ ।।
(स्रोत : NRNaksa)