~दुर्गा खनाल~
हाम्रो शहर कति मैलो छ
सबै मिली यसलाई सफा गर्नु पर्छ
शहर मैलो भएर समस्या भयो
यहा धेरै बिरामी छन ।
बिरामी हरुलाई अस्पताल लैजानु छ
हैन ! आस्पताल किन लाने ?
औषधीका प्रतेक शिशीहरुमा
रोगका किटाणुहरु जिवितै छन
डाक्टर आफै बिरामी छन ।
घाम छेल्ने घरहरुमा
रोगहरुको बास छ
स्वास्थ्य जीवनको बारेमा
शहरबासीहरुलाई नै धेरै थाहा छ ।
सबैको घरको अगाडी
फोहोर कसिंगरको डङ्गुर छ
पर्बत जस्ता घरहरुमा
महामारीको बास छ ।
शहर फोहोए भयो त के भयो
यहा पुर्ख्यौली सामानहरु छन
इतिहासको पाना बाचेको छ
सभ्यताको सुरुवात बचेको छ ।
बरु यसलाई जोगाएर राखौ
विदेशमा चलेको हुरीबतास ले
थुप्रै पातपतिङ्गर शहरभित्र पसेको छन ।
नचाइदो पश्चिमी रितिरिवाज ल्याएर
हाम्रो समाजलाई धमिल्याएका छन
अब तिनीहरुलाई बढार्नु छ ।
शहर पुरानु भयो त के भयो
नेपालको कुनै शहर भन्दा कम छैन
राजधानी भन्दा कम छैन हाम्रो शहर
फोहोरमा पनि कम छैन हाम्रो शहर
संसारको कुनै शहर भन्दा कम छैन ।
सभ्यता मा पनि कम छैन हाम्रो शहर
हाम्रो शहर ।।।।
साउदी अरब रियाद
(स्रोत : NRNaksa)