~डा. कविताराम श्रेष्ठ~
बुईङ्गलमा पसेको चोरलाई मैले हाँक दिएँ – ‘झरिहाल तेरो खैरियत छैन ।”
त्यसले अनुहार देखायो । निडर अनाक्रमक र दृढ । एउटा हातमा भएको प्लाष्टिकको जर्किन झड्कादैैै्र त्यसले आवाज निकाल्यो – छत्ल्याङ्गु…।छत्ल्याङ्ग…॥छत्ल्याङ्ग…॥ अर्काे हातले लाईटर बाल्यो- चर्याक्क । जर्किनमा माना भरको पेट्र्ोल हुनुपथ्र्याे । हर तरहबाट एउटा चेतावनी – खबरदार ! घरमा आगो लाग्नेछ ।
तर त्यसका प्रस्तुतीको प्रकृतिले भने एउटा भरोसा दियो- यत्तिसम्म हक्की हुनसक्ने त्यो चोर घरै जलाउने जस्तो निकृष्ट र जघन्य अपराधी बन्नै सक्दैन । त्यसलाई निकास दिनै पर्छ । उक्साउने वा धरापमा पारेमा आत्मरक्षाकोलागी त्यो निकृष्ट बन्न सक्छ ।
खुरुक्क बाटो दिएँ । त्यो मेरै अघिबाट ओर्लियो । ढोकामा अडिँदै त्यसले मतिर कृतज्ञतापूर्ण दृष्टि दियो । लाग्यो धन्यवाद दिएर विदा हुन चाहन्छ । म आफैं पनि नोक्सानी बेगर खुसुक्क निस्केकोमा त्यसप्रति कृतज्ञ थिएँ । त्यो रिसाएमा भविष्यमा समेत खतरा छँदै थियो । तत्काल त्योसँग गएर भावी सुरक्षाको विमाकैलागी भनौँ दह्रो गरी हात मिलाएँ । अनौ�� ो आफ्नै घरमा चोर्न घुसेको चोरसँग मैले हात मिलाएँ । अझ दह्रा हातले सँकेत दिई रहेथँे कि म बाट विश्वासघात हुने छैन ।
त्यसले पनि म बाट केही आशा राखेको स्पष्टै थियो । यसैबाट त्यो व्यक्ति सुसँस्कृत र सामाजिक हुनुको आभाष झल्किन्थ्यो । आफुलाई चोर देखाएर छाति फुकाएर िहंड्न सक्ने जन्तु त्यो देखिँदैनथ्यो । त्यहिनिर हाम्रो सम्झौताकोलागी उर्वर �� ाउँ थियो । यहि विन्दुमा मैले सम्झौता गरेँ । एउटा मौन सम्झौता ! एउटा चोरसँग ईमानको सम्झौता !!
मेरी बुढियाले आवाज दिई – “के गरिरहेको, किन चाईचुई छैन ?”
सम्पुर्ण शहर पनि हाम्रा मौनताको स्पष्टिकरण माग्दैथ्यो । हामी भने आफ्नो सुरक्षाको ग्यारेण्टिमा दङ्गदास थियौं । स्पष्टिकरण खोज्ने सबैलाई व्यङ्गय दिँदै हामी दुबै मुसुक्क हाँस्यौँ । मानौ हामीले सबैलाई थाङ्गनामा सुतायौं । दुबैले अरु दह्रोगरि हात मिलायौँ र छुट्टियौ हार्दिकताकासाथ । शहर मस्त निद्रामा सुतिरहेको थियो । वातावरण सुरक्षित र चकमन्न !
(स्रोत : KhassKhass.com )