उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन ।
शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो ।
सुरक्षितसाथ जोगाएर राखेकि थिईन । आँखाले एक्स-रे गरेर हेर्यो सम्पूर्ण बनावटलाई । चुम्बन गर्यो अंग प्रत्यगंलाई आँखैले । अलिकति उत्तेजित भयो ऊ ।
उनको हिंडाईको चाल थाहा पाउन चाह्यो उसले । तालिम प्राप्त मोडेल झैं ऊ सुस्तरी हिंडी । उसले क्याट वाक् को मजा त्यहीं लियो रयाल काढ्यो ।
आज पनि नाटकको एक क्षेपण सकियो ।
बर्षौंदेखि यसरी नै त्यस युवतीलाई आफन्तकै अगाडि धेरैले नंग्याउँदै आए । कतै बिहे भै हाल्छ कि भन्ने आशामा यी सबै चुपचाप सहिरहेकि छे एक बुढीकन्या ।
(स्रोत : रचना द्धैमासिक, काठमाण्डौ २०६५ )