~बासु श्रेष्ठ~
जैसन नुनीको टेबलमा गएर जिस्किरहेको म अक्सर देख्ने गर्थेँ । नुनीको भर्खर ब्रेकअप भएको थियो । जैसनकोपनि गर्लफ्रेण्ड थिएन ।
नुनीसँग मैले उसको ब्रेकअपको बारेमा सोध्दा भनेकी थिई । ‘उ मलाई कतै जान दिन चाहँदैन 70-480 exam 070-411 exam । म उसकै वरपरमात्र घुमीरहोस् भन्ने चाहन्छ । जुनकुरा सम्भव छैन । म काम गर्छु, स्कूल जान्छु, मेरा साथी सँगाती छन् । उसले चाहेको कसरी पुरा हुनसक्छ र?
मैले सम्झाउँदै भनेको थिएँ ।’शायद यो तिमीप्रतिको अघोर माया हो ।’ नुनीले तत्काल भनेकी थिई ।’त्यो माया होईन, नियन्त्रण हो र म नियन्त्रण सहन सक्दिन ।’ मलाई त्यतिखेर उसको ब्वाईफ्रेण्डप्रति दया लागेको थियो । शायद माया गर्नपनि तरिका जान्नुपर्दो हो कि भनेर ।
जे होस् एकदिन अफिसमा मैले जैसनलाई जिस्क्याउँदै सोधेँ । “क्या हो जैसन, तँ त आजकल खुब नुनीको वरपर घुमेको देख्छु । कुरा के हो?”
जैसनले सोझो मनले भन्यो । ‘त्यस्तो केहि छैन । मैले त्यतापट्टि कहिल्यै सोचेको छैन । त्यसमाथि उ मभन्दा १० वर्षले कान्छि छे । त्यसकारण मैले उसको बारेमा सोच्नु नै बेकार हुन्छ, सोचेको पनि छैन ।’
मैले भनेँ ‘उमेरको कुरा त मन मिले मिलिहाल्छ नि । तर उपनि एक्लै, तँपनि एक्लै । नुनी राम्रीपनि छे, हँसिली रसिलीपनि छे, तँसँग अक्सर हाँसेरै कुरा गरेको देखेको छुँ । एकपटक उसको मन चोरी हेर्, थाहा भईहाल्छ नि ।’
भोलीपल्ट अफिसमा जैसनले मलाई देख्नेवित्तिकै भन्यो ‘हिजोदेखि मेरो दिमागमा तैँले भनेको कुरा सोच्या सोच्यै छुँ । जति चाहेपनि हटाउन सकेको छैन । हरपल नुनीकै बारेमा मेरो दिमाग घुमी रहेको छ । रातीपनि राम्ररी सुत्नपाएको छैन ।’
मैले हाँस्दै भनेँ ‘शायद मैले तेरो सुतेको मनलाई उठाई दिएँ । कहिलेकाहिँ कसैले घच्घच्याएपछि नसोचेको कुरापनि जागृत भएर आउँछ । कुरा बुझ् जैसन |’
उडव्रिज, भर्जिनीया
(स्रोत: khasskhass )