~नरेन्द्र चेम्जोङ~
तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु,
भण्डारमा सँचिएका शब्दहरु,
नलागेका अर्थहरु
सुनकोशीको किनारमा
छानिएका वालुवाका कण कण झै,
खोज्दै छान्दै र मिलाउदै –
फाटेका आवाजहरु,
अर्थहिन बन्ने डरले
भण्डारबाट छरपस्टिएका शब्दहरुले
ह्स्व र दीर्घको धागोले सिलाउदै,
चारैकोणबाट गहिरिएर नियाल्छु .
सुकेका पातहरु,
मरेका हाँगाहरु,
कलमी छाँटे झै कलमले छाट्छु र
नियालेर हेर्छु, तर निराकार देख्छु
अनि खित्का छाडेर हास्छु र भन्छु
हैन ! लेखेको त कवितै हो ।
कम्प्युटरका पर्दाहरुमा,
इन्टरनेटका पत्र-पत्र,
केलाएर हेर्छु र गहिरि दिन्छु
शब्द र भावनाको सतह मै तैरिन्दै
कुहिरोको काग झै हराइ दिन्छु,
निस्सासियर चित्कार्छु
यो के सगरमाथा चड्न हो ?
कि मृत सागर झर्न हो ?
किन त ?
कहिले सिकर्मीको हतौडा खिया परेझै,
कहिले डकर्मीको सुती छिया परे झै
कतै औजारहरु नै अपुग भए जस्तो
कम्प्युरका पर्दामा बेढँगले सिँगारिएका शब्दहरुले
किवोर्डमा हातका औलाहरु सलवलाउदा सलवलाउदै,
कता कता कविताको प्रतिविम्व जस्तो
आकृति देख्छु र प्रश्न गर्छु हलो !
तिमी कविता हो ?
अश्वभाविक मेरा प्रश्नहरु संगै
अनुत्तरित ति निराकार आकृति
सान्नटामा चुपचाप छन्
किन ?
उ अझै पनि
कता कता आकार नमिलेको
आलु भित्रको सिंगडा झै
सिमाना नमिलेको टिस्टा र काँगडा झै,
कुरुप आकृति जन्म लिन पुग्दा
जन्म दिने मातालाई धिक्कार्दै,
हिनताबोध लिदै आफै लाई धिक्कार्छ
र आफनो कुरुपतालाई घुम्टोले छोप्दै
नेपथ्यमा साउती गरेको आभास दिन्छ,
तोते लवज कानमा गुन्जिन्छ,
हजुर ! म कविताको भ्रुण अकविता हुँ!!
अकविता!!
तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु,
भण्डारमा सँचिएका शब्दहरु,
नलागेका अर्थहरु
सुनकोशीको किनारमा
छानिएका वालुवाका कण कण झै,
खोज्दै छान्दै र मिलाउदै,
फाटेका आवाजहरु,
अर्थहिन बन्ने डरले
भण्डारबाट छरपस्टिएका शब्दहरुले
ह्स्व र दीर्घको धागोले सिलाउदै,
चारैकोणबाट गहिरिएर नियाल्छु .
सुकेका पातहरु,
मरेका हाँगाहरु,
कलमी छाँटे झै कलमले छाट्छु र
नियालेर हेर्छु, तर निराकार देख्छु
अनि खित्का छाडेर हास्छु र भन्छु
हैन ! लेखेको त कवितै हो ।
कम्प्युटरका पर्दाहरुमा,
इन्टरनेटका पत्र-पत्र,
केलाएर हेर्छु र गहिरि दिन्छु
शब्द र भावनाको सतह मै तैरिन्दै
कुहिरोको काग झै हराइ दिन्छु,
निस्सासियर चित्कार्छु
यो के सगरमाथा चड्न हो ?
कि मृत सागर झर्न हो ?
किन त ?
कहिले सिकर्मीको हतौडा खिया परेझै,
कहिले डकर्मीको सुती छिया परे झै
कतै औजारहरु नै अपुग भए जस्तो
कम्प्युरका पर्दामा बेढँगले सिँगारिएका शब्दहरुले
किवोर्डमा हातका औलाहरु सलवलाउदा सलवलाउदै,
कता कता कविताको प्रतिविम्व जस्तो
आकृति देख्छु र प्रश्न गर्छु हलो !
तिमी कविता हो ?
अश्वभाविक मेरा प्रश्नहरु संगै
अनुत्तरित ति निराकार आकृति
सान्नटामा चुपचाप छन्
किन ?
उ अझै पनि
कता कता आकार नमिलेको
आलु भित्रको सिंगडा झै
सिमाना नमिलेको टिस्टा र काँगडा झै,
कुरुप आकृति जन्म लिन पुग्दा
जन्म दिने मातालाई धिक्कार्दै,
हिनताबोध लिदै आफै लाई धिक्कार्छ
र आफनो कुरुपतालाई घुम्टोले छोप्दै
नेपथ्यमा साउती गरेको आभास दिन्छ,
तोते लवज कानमा गुन्जिन्छ,
हजुर ! म कविताको भ्रुण अकविता हुँ!!