म सानै हुँदा
आमाले दुइटा ढुङ्गा हो कि फलाम जस्ता
पर्यायवाची वस्तुहरु उपहार दिनुभयो
जब ती दुईलाई हत्केलामा अड्याउन खोजेँ
एउटा फुत्त भाग्यो र अर्कोसँग चिप्किन पुग्यो
म हठात् आत्तिएँ
मलाई आश्चर्य चकीत देखेर आमाले भन्नुभयो-
” बाबु यी दुई चुम्बक हुन्
यस्का विपरित ध्रुबहरु एक अर्काप्रति आकार्षित हुन्छन्
र एकै खाले ध्रुबहरु विकर्षित भएर भाग्छन् ।”
तेसपछि यि चुम्बकका ध्रुबहरुसित जिस्कीदै हुर्केकोछु
कहिले चुम्बक सँग फलाम आकर्षित भयो
कहिले निकेल चिप्किन आइपुग्यो
कहिले कोबाल्ट टाँसिन होडबाजी गर्यो ।
यस्तैमा टोपली हेर्दा
चुम्बकीय शक्ती जस्तै प्रेम पनि सर्वशक्ती रहेछ
जस्को कुनै दायरा वा “म्याग्नेटिक फिल्ड” भने हुँदैन
उसो र मेरो निम्ति तिमी विपरीत ध्रुबकी
(स्रोत : Arzose.blogspot.com )