सर्माएर बोलिन म भेट हुँदा पहिले
रोई रोई माफी मागूँ कोसँग म अहिले
कति गृष्म कति हिउँद गए त्यसै बिती
बसन्तमा पनि मेरो उदास छ प्रिती
बाडुली लाग्छ लालुपातेमा आँखा पर्छ जहिले
रोई रोई माफी मागूँ कोसँग म अहिले
चरी हैन परी हैन उडी जाउँ भने
टुनामुनी जान्दिन डाकी जाउँ भने
मनका फूल फुल्नु कता कोपिलामै ओइले
रोई रोई माफी मागूँ कोसँग म अहिले
शब्द: रत्नशम्सेर थापा
संगित: तारादेवी
स्वर: तारादेवी