फूलै फूल मात्र पनि होईन रैछ जिवन
काँडा बिच फुल्ने फूल रैछ जिवन
मरिदिने मानिसले बिष पिउने गर्छन्
कोहि बाँचिदिन बिष पिउने गर्छन्
बिषै बिष मात्र पनि होईन रैछ जिवन
काँडा बिच फुल्ने फूल रैछ जिवन
अरूलाई कुल्चेर अघि बढ्छ मानिस
देउता बन्ने रहरमा ढुंगा बन्छ मानिस
रहर गर्नु मात्र पनि होईन रैछ जिवन
काँडा बिच फुल्ने फूल रैछ जिवन
शब्द र संगित – भिम बिराग
स्वर – मधु क्षेत्री