हाँस हाँस सधैं हाँस आँशु सवै मलाई दिई
कोमल तिम्रा हृदयलाई सधैंभरि खुशी राखि
चाहानानैं यस्तो मेरो दु:ख बोकी खुशी दिने
रहर नै यस्तो मेरो पीडा बोकी खुशी हुने
नाचनाच तिमी नाच यी नयनमा छारो पारी
कोमल तिम्रा हृदयलाई सधैंभरि खुशी राखि
प्रीती मेरो गीतै गीत तिम्रै जीत मन पर्छ
मेरै भागमा हार सबै हारनै मलाई मनपर्छ
खुशी सारा साँच तिमी चोट सबै मलाई दिई
कोमल तिम्रा हृदयलार्ई सधैंभरि खुशी राखि
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )