वेईमानीले बेइजतीको लगाम लगाइ दियो
आफु हारी जीतको थाक आफ्नै हात पर्यो
बैगुणी छ संसार पनि मलाई ठेस दिन्छ
तीर रुपी वचन पनि मेरै मुटु घोप्छ
निरीह बनि सारा पीडा म नैं सहनु पर्यो
आफु हारी जीतको थाक आफ्नै हात पर्यो
मानवता हुन्न रैछ नियत जहर हुँदा
मुटु पनि आफ्नै हुन्न गानिएर दुख्दा
दुख्दा मुटु पीडा थाम्न नसा पिउनु पर्यो
आफु हारी जीतको थाक आफ्नै हात पर्यो
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )