विश्वको शीर सगरमाथा यसैको काखमा जन्मेको
हिमाली शहर प्रकृति बहर हिमाल हाँसेको
हिमाल हेर्नलाई आउ है सोलुखुम्बुमा
स्याङ्बोचे डाँडा नाम्चे है बजार त्यहीमाथि थामे गाउँ
यो दुधकोशी यो भोटेकोशी यही डाँफे नाच्ने ठाउँ
डाँफे हेर्नलाई आउ है सोलुखुम्बूमा
जुनवेशी गाउँ सल्लेरी बजार फाप्लु नि लै लै साथैमा
रातनाङ्गे डाँडा, दुधकुण्ड हिमाल,खुलेर हाँस्यो आँखैमा
गुराँस हेर्नलाई आउ है सोलुखुम्बूमा
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )