तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ ।
घाममा ओईलाएको म साग जस्तै भएँ ।
तिम्ले मिठो रात मनायौ म नशा लिँदै,
मणि गुमाएको घाईते नाग जस्तै भएँ ।
तिमीलाई सम्झि सान्नाटामा हराउँदा,
कुहिएर सडेको म राग जस्तै भएँ ।
तिम्रो मेरो कुरा चल्दा प्रशंषा तिम्र्रै भो,
अपशकुन पंछी म काग जस्तै भएँ ।
तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ ।
घाममा ओईलाएको म साग जस्तै भएँ ।
(स्रोत : Mahesh’s Blog)

