~जि. एम. दिपु देपेन्द्र~
मेरो मनमा बिछोडको, आगो दन्काएर..!!
ऊ पराईको मान्छे भई, बाजा घन्काएर..!!
माया गर्छु भन्नेबाटै, बिहेको निम्तो पाईयो
सँगै बाँच्ने सगैँ मर्ने, बाचा थन्काएर..!!
मेरो मनको कुना कुना, चिरा पर्दै गयो
जन्तिहरु रम्दै आए, बस्ती रन्काएर..!!
रमाएरै डोली चढी, शिरमा सिन्दुर भरी
हेरीरहे भन्ज्याङ्गबाट, आँखा तन्काएर..!!
सपनिमा आऊछे अझै, मेरो पारो तताईरन्छे
कति खुसी पाऊछे ऊ, मलाई सन्काएर..!!
जि. एम. दिपु देपेन्द्र
खोलागाँऊ-५ सर्केना, रुकुम
हाल;- डोटी, दिपायल
(स्रोत : ennnepal.com)