कथा : नारीको महानता

~कल्पना पौडेल “जिज्ञासु”~Kalpana Paudel Jigyasu

जिन्दगी भनेको यस्तै हुदो रहेछ आफुले शोचे र चाए जस्तो काहा हुन्थ्यो र ? आँसु, हाँसो, खुसी, दु:ख, पिडा, वेदना, तनाव अनि मिलन र बिछोड को संगालो भनौ या भोगाइको दोस्रो नाम नै जिन्दगि रहेछ। यहि जिन्दगीले रस्मिलाई कुनै पलमा अनगन्ती खुसीका सौगात हरु उनको झोली भोरी हालिदिएको थियो।

अतितको त्यो पाटो पल्टाएर हेर्दा कैले खुसीले बिभोर हुन्थिन भने क…ैले मुटुमा भक्कानो परेर आउथ्यो। ‘प्रेम’। यो दुइटा अक्षर जोडिएर बनेको एउटा शब्द, जति सानो र सरल देखिन्छ बास्तवमा त्यस्तो नहुँदो रै’छ। यहि एक शब्दले बनेको मायामा विश्व अडिएको छ।

मायाको अर्को नाम बिस्वास पनि हो। माया बिनाको जीवन निरस र उदासिलताले धेरिएको हुन्छ। जीवन जिउनको लागि मायाको ठुलो अपरिहार्य भूमिका रहेको हुन्छ र जीवनलाइ सुचारु रुपमा संचालन गर्नको लागि भनौ या जीवन चलाउनको लागि धन सम्पति पैसा प्रयोगमा आउछ, तर यसबाट कुनै खुसी र सन्तुष्टी नमिल्दो रै’छ। खुसी त केवल माया प्रेममा मात्र मिल्दो रै’छ, केवल मायामा मात्र। रस्मिको जीवनमा पनि त्यहि खुसीले दस्तक दिएको थियो जब उनि १७ बर्षको उमेरमा भर्खर क्याम्पस पढ्न सुरु गरेकी थिइन्।

पातली, गोरो वर्णकि, कालो लामो कपाल ठुला-ठुला आँखा, हिस्सी परेको अनुहार सारै राम्री देखिन्थिन्। धेरै नबोल्ने शर्मिलो स्वभाब सानै देखि साहित्यमा रुची भएकी गीत, कविता कथा लेख्न र पढ्न रुचाउने जात पात उच निच केहि नमान्ने आफु भन्दा गरिब साथि हरुको संगत गर्न रुचाउने, धनि र राम्रा हरु कठोर हृदय भएका र घमण्डी हुन्छन होला जस्तो लाग्थ्यो रस्मिलाई। गरिबको आत्म भित्र इश्वरको बास हुन्छ भन्ने बिस्वासले उनीलाई गरिब संगको साथले आत्मीयताको आभास मिल्थ्यो। अरु भन्दा बेग्लै शोच भएकी साहसिली कोमल हृदय, ममतामयी र प्रगतिसिल बिचार राख्ने रस्मिको भेट अचानक राज संग हुन पुग्यो। राज पनि एक गरिब परिबार बाट थिए। मिठो बोलि, सहयोगी पन, धनि-गरिब जात-भातमा कुनै भेदभाव नराख्ने हुँदा विचार मिलेको कारण रश्मी राज प्रति आकर्षित हुँदै गईन्। राजका हरेक क्रियाकलापले उनको मन जित्तै गयो दिन महिना बित्तै गए उता उनीहरुको घनिष्ठता पनि बढ्दै गएको थियो।

संसारमा यो प्रकृतिको वा भगवानकै देन हो सायद विपरित लिङ्गीसँग आकर्षण हुनु स्वभाविकै थियो तर पनि राज र रस्मिको घनिष्ठता शारिरीक आकर्षणका लागि नभएर हृदयदेखिको अन्तरहृदयसँग जोडिएको आत्मिक माया र आफ्नोपन थियो। घर नजिक भएको कारण सधै भेट्ने र मिठा-मिठा प्रमिल कुरा गर्थे। एक अर्काको मायामा चुर्लुम्म डूबिसकेका थिए तर पनि उनीहरु स्वतन्त्र थएयनन्। सामाजिक बन्धनहरूले जेलिईसकेको जिन्दगी थियो दुबैको। रश्मी बाहुन कि छोरी थिइन् भने राज छेत्री थिए। समाज र परिवारको नजर बाट बचेर उनीहरु त्यो गोधुली साझमा त्यहाँ भेट्ने गर्थे जहाँ राजले पहिलो पटक निकै प्रसंशनिय शैलिमा रस्मिको सुन्दरताको बर्णन गर्दै अन्तिम वाक्य बोलेको थियो, ‘रश्मी तिमि त आज स्वर्गकी अप्सरा भन्दा कम देखिएकी छैनौ नि’।

रश्मी लाजले भुतुक्क हुदै तुरुन्तै जवाफ फर्काएकी थिइन् त्यो त सुन्दर मान्छेले सुन्दर मनबाट हेर्ने जुनसुकै वस्तु पनि सुन्दर देखिन्छ नि ! होइन र ? यस्तै कुरामा उनीहरु रमाउथे संसारमा सब थोक बाध्न सकिन्छ तर मन बाढेर राख्न सकिदैन अब उनीहरु पनि एक अर्का बिना एक पल टाढा रहन नसक्ने भै सकेका थिए। त्यो बेला राज को नोकरी थिएन, सिन्दुर किन्ने पैसा समेत थिएन राज संग। यता रश्मी धनि सम्पन परिवारकी एक्ली छोरी थिइन्। घरबाट स्वीकृति मिल्ने चान्सनै थिएन त्यसैले बाबा आमाको सपना चकनाचुर पार्दै उनीहरुले भागेर बिहे गरे। प्रेम अन्धो हुन्छ भनेको साँचो रहेछ, सुख सयलमा हुर्केकी रश्मी अब राज संगको यात्रा धेरै कठिन थियो तर त्यो उनको रोजाई थियो। उनि त्यो बेला निकै खुसि र सुखीको महसुस गरेकी थिइन् किनकि उनले राजलाइ पतिको रुपमा पाएकी थिइन्।

संसार नै पाए जस्तो लागेको थियो धेरै दुखका दिन आए। न गास न बास न कपास, केहि थिएन तर माया थियो एक अर्काको साथ थियो। आफुलाई संसार कै धनि नारी भएको आभास थियो रस्मिलाई। दिनहरु धेरै संगर्समा बित्दै गए। उनीहरुको जिन्दगीमा निकै उतार-चडावहरु आए तर उनि कहिलै हतोत्साही भएनन्। समयको चंगा घुमिनै रहेको थियो। विस्तारै सबै कुरा सामान्य हुँदै गए। माइतीमा पनि स्वीकारे उनीहरुको जीवनमा प्रेमको चिनो २ वटा फूलहरु आएका थिए एक छोरा र एक छोरी, प्रतिक अनि प्रिया। परिवार पूर्ण भएको थियो। उनीहरुको मायामा कुनै कमि आएको थिएन। रश्मी आफ्ना सन्तान लाइ भन्दा बढी माया राज लाई गर्थिन्। एक दिन त के एक पल पनि राज देखि टाढा रहनै नसक्ने हुँदा रश्मी तीज होस् या सुत्केरी कहिले माइत जादिन थिइन्। उनीहरुको माया र जोडी गाउँ समाजमा उदाहरणिय थियो। ऋण गरेर सानो किराना पसल चलाएका थिए।

पुरा समय संगै बिताउँथे। अब जिम्बेवारी बढेको थियो प्रतिक र प्रियाको। सुन्दर भबिष्यको बारेमा सोच्नु थियो, त्यसैले राजको सहमतिमा रस्मिले विदेश जाने निर्णय गरिन्। जे जस्ता दुख संघर्ष गर्नु परे पनि आफै गर्न अघि सर्ने रश्मी राजलाई दुख होला भनेर कतै काममा जान दिदैन् थिइन्। सीमाको हद भन्दा बढी माया गर्ने राज एक पल टाढा हुँदा र उनलाई दुख पर्दा रस्मिको प्राण नै निस्केला जस्तो हुन्थ्यो। यति माया गरेको जीवन साथि र मुटुका टुक्रा सन्तान लाइ छोडेर विदेश जान आँट्नु रस्मिको लागि सामान्य थिएन तर के गर्नु बाध्यता र विवशताको अगाडी के नै लाग्दो रहेछ र ? माइती जति सम्पन्न भएपनि उनले कहिलै सहयोग लिन मानिनन् किन कि उनि स्वाभिमानी नारि थिइन्। पैसा ऋणमा खोजेर साना लाला बाला निदाएको अवस्थामा छोडेर निस्किदाको पिडा कस्तो थियो होला ? एक दिन नछोडेको परिवारबाट बिछोडिएर सात समुन्द्र तय गर्दा उनका मनमा यस्तै कैयौ भावनाहरु उब्जिए होलान ? साना साना छोरा छोरी छोडेर घरमा, विदेश जान हिँडे बरै दलालको भरमा ! कहा जाने के काम गर्ने केहि थाहा छैन, परिवार संगै बस्न गरिबीले दिएन।

अस्ताउँदो सूर्यले पारि क्षितिजबाट धर्ती छाडे झैँ रस्मिले पनि आफ्नो मातृभूमि लाइ अनिश्चित कालको लागि छोडेर एक बिरानो मुलुक कोरियालागि प्रस्थान गरिन्। एक अन्जान देशमा आफन्त संगको वियोगमा छटपटाउँदै रस्मिले रात दिन नभनेर संगर्ष गर्न थालिन्। जति बेला पनि ति सन्तानका मासुम अनुहार आँखा वरिपरी घुम्थ्यो। दिन त जस्तो तसो काम गर्दा बित्थ्यो रातभरी रोएर बिताउने गर्थिन्। रुँदा रुँदा कहिले मुर्छित हुन्थिन्। भर्खरै फर्केर जाउ जस्तो नभएको कहाँ होर रस्मिलाई त्यो घरको ऋण सम्झेर फेरी मनलाई सम्हाल्दै खुन लाइ पसिना पार्दै काम गर्न थालिन् र घर पैसा पठाउदै गईन्। सुरुका दिनहरु मा त राजले रस्मिले दुख गरेर कमाएको पैसा समाउदा नरमाइलो लागेको र रस्मिलाई धेरै सम्झेको कुरा सुन्दा रस्मि भावुक हुन्थिन्। यस्तै मिठो मायाको आभास पाएको अनुभूतिले काम गर्ने हिक्मत र साहस जुटेको थियो उता राजले पनि केहि जग्गा किने र सानो घर बनाए रश्मी भने सन्तान र राज देखि टाढा रहनु पर्दा पानी बिनाको माछा र आत्मा बिनाको शरिर जस्तै छतपटिएर, तड्पिएर बाँचेकी थिइन्।

विदेशी युवा युवतिका जोडीहरु एक आपसमा माया गरेको देख्दा रस्मिलाई पनि राजको निकै कमि महशुस हुन्थ्यो। एक्लोपनको आभास हुन्थ्यो। कल्पनामा डूब्थिन। मलाई पनि भेटे पछी राजले यसरि नै माया गर्ला भन्दै रमाइलो संसारमा हराउथिन्। पहिले त्यो गरिबीमा आधा पेट बाढेर खाँदा त् कति खुसि र सुखी थियौ कति दिन हामि भोकै बसेका थियौ जब हामि बिहे गर्यौँ। ती दिनहरुमा कहिँ बस्ने ठाउँ ठेगाना नहुँदा दिनभर पार्क र रात बस स्टेसन मा गुजारेका थियौँ। जब कोठाको व्यवस्था गर्यौँ हामि कार्टुन को बिस्तार लगाएर कैयौँ महिना बिताउँदाको पल म सब भन्दा खुसी थिएँ। मेरो प्यार म संग थियो भने आज मैले यति धेरै पैसा कमाएर ठुलो प्रगति गरेर नेपाल फर्किदा कति माया पाउछु मेरो राजको भन्दै रश्मी मिठा मिठा कल्पनामा बहकिदा कता कता काउकुती लाग्थ्यो। यस्तै सपना बुन्दै आएको ४ बर्ष पछी रश्मी ४५ दिनको छुट्टीमा नेपाल फर्किन फोनमा कुरा राम्रै हुन्थ्यो एयरपोर्टमा राज र बच्चालाइ भेट्ने उत्सुकता बोकेर जब प्लेन बाट उत्रिइन उनका खुट्टा ठेगानामा थिएनन्।

कति बेला भेटौँ भनेर उनका नजरले राज र बच्चालाइ खोजिरहेका थिए। सबैका मान्छे लिन आएका थिए, खुसीले बिभोर हुदै अंगालोमा बाँधिएका थिए तर रस्मिलाई लिन कोहि आएको थिएन। उनि निरास हुँदै ट्याक्सी चढेर आफन्तको घरमा गइन्। भोलि पल्ट केहि सामान किनमेल गरेर घर तर्फ लागिन्। मन भरि तर्क वितर्क खेलाउँदै कत्रा भएका होलान् बच्चा हरु कति बेला देख्छु होला भन्दा भन्दै घर आइ पुगेछ। आफ्नो पसिनाको कमाइले बनेको घर बेग्लै अनुभूति ४ सालमा परिबारलाइ भेट्ने उत्सुकता बोक्दै रश्मी घर भित्र पसिन प्रियाले ढोका खोलेकी थिइ। एकछिन अकमक्क पर्दै प्रतीक संग भनि दादा को हो ? प्रतीकले चिन्यो ममी भन्दै नजिक आयो ठुला ठुला भएका छोरा छोरीलाई अंगालोमा कसेर धेरै बेर ममता लुटाइन्। राज अलि पर उभिएको देखिन नजिकनै आएनन् नत कस्तो छ रश्मी भनेर नै सोध्यो। रस्मिलाई भने कति बेला नजिक जाउँ र अंगालोमा टासिएर बर्सौको माया पाउँ जस्तो लागेको थियो। उनि पागल प्रेमी दिवानी थिइन् राजको मायामा। घरभरि छिमेकी आएका थिए उनलाई भेट्न उनि भने कति बेला राज संग एकान्तमा समय बिताउँ भएको थियो।

मौका छोपेर रश्मी राजको नजिक गइन् र मायालु स्पर्सले राजु भन्दै हात समातिन राजले तुरुन्तै रस्मिको हात हटाउदै मलाई यस्ता यस्ती गरेको मन पर्दैन बिदेशमा चल्छ होला सबै यो नेपाल हो भन्दै खै के सोचेर हो कुन्नि रश्मी देखि टाढा हुँदै गए। राजको यस्तो व्यबहारले रस्मिलाई उनको अस्मिता माथि औँला उठाएको र चरित्रमा शंका गरेको आभासले धेरै पिडा दियो। सपनामा पनि सोचेकी थिइनन् उनले यस्तो होला भनेर। बसुन्जेल उनीहरु बिचमा कुनै सम्पर्क भएन सुत्ने कोठानै अलग भयो। रस्मिलाई भने राजसँग समय बिताउन घुम्न संगै बसेर ४ साल बिछोडिदाका व्यथा पिडा प्रतिक र प्रियाका बाल्यकालका एक एक हर्कतहरु सुन्न र आ-आफ्ना भोगाईहरु साटासाट गर्ने रहर थियो। आफन्तसँग भेटघाट, बाबु नानीसँग यता उता गर्दा त्यो बिदा सकिन थाल्यो अब आफ्नो कर्म थलोमा फर्किने समय नजिकदै थियो। यसै बीच रश्मी बिरामी परिन्। उता परिवारसँग फेरी बिछोड्नु को पिडा थियो त तेसैमा बिरामी न जाउ भने ऋण थियो घर परिवारको सबै जिम्बेवारी उनकै टाउकोमाथि थियो।

व्यबहारिक बोझ राज लाइ दिन चाहिंनन या राजले निभाउन सकेनन्। रस्मिले अझै बुझ्न सकेकी थिइनन्। यतिका दिन बिते तर कुनै पल राजले विदेश रहँदाको दुख पिडा के कसरी बितायौ, यी पल हरु केहि सोधेनन्। उनको यस्तो बदलिदो ब्यबहारले धेरै तनावमा थिइन् रश्मी। यो धन सम्पति के काम त जब माया र आफ्नोपन नै छैन भने तर पनि उनलाई फर्कनु थियो कोरिया स्वास्थ्य ठिक नहुँदा नहुँदै पनि फेरी मुटुका टुक्रालाइ आमाको न्यानो आँचलबाट छुटाएर फर्किन बाध्य थिइन्। अन्तिम रात थियो दुबै बच्चा लाइ दुइ हातको सिरानीमा सुताएर उनका अबोध मुहार नियालेर रात काटिन निद्रा पनि कसरि आओस र ? बिहानै बच्चा नब्युझिँदै मुटु माथि ढुंगा राखेर घरबाट एक्लै निस्किन्। नियतिले फेरी उनलाई आफन्त र जन्मभूमि बाट टाढा पुर्यायो। मन भरि अनेक कुरा खेलाउदै कर्म भूमिमा फर्किन्। बिरामीको कारण काम गर्ने कम्पनी बाट निकालिदियो बस्ने ठाउँ थिएन। न जागिर थियो न स्वास्थ्य ठिक। धेरै मुस्किलको सामना गर्दै दिन बिताउदै गइन्। राजसंग फोनमा कुरा गर्थिन्।

रस्मिको मायामा केहि कमि आएको थिएन। पहिलो प्रेम भुलाउन नसकिने रै’छ। फोनमा भन्थिन हाम्रो सारा सम्पति र मेरा मुटुका टुक्रा हाम्रा बच्चा एक तरफ र अर्को तर्फ हजुर म हजुरलाई नै रोज्छु धेरै माया गर्छु म हजुर बिना बाच्ने कल्पना पनि गर्न सक्दिन। मलाई केहि चाहिँदैन अरु कोइ चाहिँदैन। मात्र हजुरको माया र न्यानो साथ भए पुग्छ। तर राजलाइ यी शब्दले कुनै असर पर्थेन। समय आफ्नै गतिमा चलिनै रहेको थियो सबै ऋण तिरी सकेर अरु पनि प्रशस्त पैसा कमाएकी थिइन् ता पनि उनि एकदम गरिब थिइन्। न कसैको साथ थियो न माया यति खल्लो र निरस रंग हिन जीवन थियो उनको आखिर के गर्यो त त्यो धनले उनि यस्तै बेदनामा पिल्सिएर पनि राज र बच्चालाई राम्रो सुखी जीवन दिएकी थिइन यसैमा उनले आत्म संतुष्टी लिएकी थिइन्। उता छोरा छोरी पनि ठुला हुँदै गएका थिए हृदय भरिको मात्सल्या लुटाउँन नपाउदा भित्र भित्रै पिल्सिएकी थिइन्।

अमुल्य धन गुमाएकी थिइन उनका सन्तानका बचपनका ति मिठा क्षणहरु महसुश मात्र गर्न सक्थिन पतिको साथ माया र सन्तानको बचपन गुमाउदाको पिडाले गर्दा धेरै पटक डिप्रेसनको शिकार बन्न पुगेकी थिइन्। एक्लै रुने आफैले चित्त बुझाउने उनको दिन चर्चा बनेको थियो काम पनि गाह्रो थियो। अरुले गर्न नसकेर छोडेको काम समातेकी थिइन तनावै तनाबमा दिन बितेका थिए। एक दिन अचानक उनको जीवनमा ठुलो भुइँचालो। आयो बिहान पख मस्त निदाएको बेला नेपाल बाट रस्मिको छिमेकी साथि सीताको फोन आयो। निद्रामा हुँदा आँखा मिच्दै हेल्लो भन्न नपाउदै उता बाट आवाज आयो रश्मी एउटा नराम्रो खबर छ। राजको अर्कै केटि संग सम्बध रै’छ। बिगत ३ बर्ष देखि साह्रै नराम्रो लतमा फसेको छ। तिमीले पठाएको पैसा सबै केटि माथि लुटाएको छ, अब छिट्टै घरमै ल्याएर राख्ने कुरा सुन्दै छु। यति मात्र के सुनेकी थिइन् उनि छाँगा बाट खसे झैँ भइन्। सरिर पुरै काप्न थाल्यो शब्द बिहिन भै मुटुको धड्कन बढ्न थाल्यो। फोन खै कता खस्यो पत्तै भएन, उनको दिमाग सहि गलत सोच्ने अवस्थामा थिएन्।

ति अबोध बच्चा पनि नज़रमा आएनन उनलाई बाच्नै मन लागेन यति ठुलो धोका होला भनेर सपनामा पनि शोचेकी थिइनन आखा वोरिपरी पुरै अन्धकार छाएर आयो उनि आत्महत्या गर्न डोरी समातेर पंखामा पासो लगाउन खोज्दै थिइन। फेरी फोन बज्यो उनको ध्यान भंग भो झस्किदै फोन रिसिभ गर्दा नेपाल बाट रै’छ गाउ भरि हल्ला खल्ला भए पछी राज घर छोडेर हिँडेछन् दुबै जना भागेछन् बच्चा सम्हाल्नको लागि माइतबाट रस्मिको आमा आउनु भएको थियो यस्तो सुन्दा झन् मुर्छित अबस्थामा रुदै भुइमा पल्टीइन। धेरै बेरमा होसमा आए पछी उनलाई बच्चाको सम्झनाले सतायो, आमालाई फोन गरिन आमाले धेरै सम्झाउनु भयो तिमि यति बहादुर साहसी महिला भएर पनि कम्जोर बन्ने हो ? आफ्ना सन्तानको लागि बाच्नु पर्छ येस्तै शब्दले सान्त्वना दिनु भयो तर यो आलो घाउमा यस्ता शब्दले के को मलमको काम गर्थ्यो र ? उनि संसारमा एक्लिएकी थिइन् । यत्रो संघर्ष गरेर जोडेको न सम्पति रहेयो न त राज नै उनि फेरी सडकमा आएकी थिइन्।

उनि संग थियो त धोका बिस्वासघात पिडा व्यथा र दुइ सन्तान मात्र। मान्छेलाइ न परुन्जेल मात्र रै’छ परे पछी जस्तो पनि सहनु पर्दो रैछ के राजले पहिला रश्मी संग गरेको प्रेमनै हो त ? कस्ता कस्ता हुँदा रै’छन मायाका यी भाषाहरु, पाइलै पिच्छे यहा थपिँदै छन् पासा हरु, क्षणिक खुसी दिए पनि मुटु पोल्ने राप रै’छ, अझै पनि ब्याकुल छन् माया लाउने आशाहरु !रस्मिको सुन्दर सपनाहरु भताभुंग भएर सुस्केरा हाल्दै पवन संग त्यो निलो आकासमा उडिरहेका थिए। उनि भने समुन्द्रको छाल झैँ उर्लेका मनका भावनाहरुलाई सम्हाल्दै किनारा लाउने कोसिशमा थिइन्। अतितका दृश्यहरु चलचित्रको रिल जस्तै आखा वरिपरी घुमिरहेका थिए। सोँच्थिन आखिर म कहाँ निर चुके त ? मैले जस्तै उनले पनि सम्झिदिएको भए। बिछोडमा उनीपनि तडपिदिएको भए सुखी संसार आज हाम्रो भताभुंग हुने थिएँन। केहि समय उनले मलाइ पर्खिदिएको भए।

विदेसिनु रस्मिको रहर थियन बाध्यता थियो। यौवनको क्षणिक प्यास मेटाउनको लागि जनम जनम को आत्मिक साथ रस्मिको विश्वास लाइ कुल्चेर राजले रश्मी माथि मात्र अन्याय गरेको थिएन ति अबोध सन्तानलाइ टुहुरा बनाएको थियो। यतिका बर्ष आमाको न्यानो माया बाट बन्चित हुनु परेको थियो भने अब पिताको काख छुटेको थियो ति नादान बच्चाको के नै दोष थियो र ??आखिर के गर्यो त पैसाले ?न खुसि किन्न सके नत् मनको सान्ति मनभरी यस्तै तर्क बितर्क खेल्थे तुरुन्तै काम छोड्न नमिल्ने हुदा छटपटीमै दिन बिताउदै थिइन रस्मिले उता नेपालमा राजको सबै पैसा र अन्य सम्पति हात पारेपछि त्यो केटिले झुटो आरोपमा राज लाइ फसाएर भागीछ पाप धुरीबाट कराउछ भनेको यहि हो जस्तो गर्यो। त्यस्तै भोग्नु पर्छ राजलाई पुलिसले समातेर जेलमा हालेछ जमानत मा निकाल्ने कस्ले त ? राजले जति ठुलो घात गरेपनि रस्मिले उन्लाई कहिलै दुखि देख्न सक्दिन थिइन मन भित्र गडेको राजको छबी सजिलै कहाँ मेटिन्थ्यो र ? चोखो निश्चल पवित्र माया गर्थिन् रस्मिले। यस्तो खबरले रस्मिलाई झन् दुखित तुल्यायो।

आखिर नारीको मनै त हो नि तुरुन्तै नेपाल फोन गरिन्। उनकी साथि सीतालाई पैसा पठाएर राजलाई जेलबाट जमानतमा निकाल्न लगाइन्। जेल बाट निस्केपछि अब राज कहा जाने त ? घरमा कुन मुख लिएर फर्किनु बाहिर कतै नोकरी गर्न पनि कित हातमा सीप हुनुपर्यो या त् अनुभबनै जीवनको यो अवस्था सम्म रस्मिले सबै घर बेबहार चलाएर राजलाई एक सुखी जिन्दगि दिएकी थिइन। कुनै खाडी मुलुक जावोस भनेपनि ४० बर्ष काटेको लाइ नमिल्ने हुँदा राज अन्योलमा अलपत्र परेको अवस्था थियो। आकास भरि कालो बादल मडारिदै थियो, मानौ अहिले नै बर्सात होला जस्तो। गोधुली साँझ मा बरण्डामा बसेर रश्मी आफ्नो अतित केलाउदै थिइन्। यत्तिकै मा फोन बज्यो नो नम्बर बाट आएको हुँदा कस्को होला भन्दै हेल्लो मात्र के भनेकी थिइन् फोन राजको थियो। उता बाट यस्ता शब्दहरु थिए, ‘रश्मी म बाट ठुलो गल्ति भयो। तिम्रो निस्वार्थ निच्छल पवित्र माया को मुल्यांकन कहिल्यै गर्न सकिन।

तिम्रा भावनाको कदर नगरेर ठेस पुर्याएँ। समुन्द्र जस्तै मायाको गहिराइमा डुबाएकि थियौ बुझ्न नसकेर क्षणिक बासना मेटाउन खहरे खोला रोज्न पुगेछु। मलाई माफ गरिदेउ बिन्ति। बल्ल तिम्रो परिवार प्रतिको त्याग बलिदान को कदर गरेको छु। म पनि मान्छे नै हु गल्ति भयो । मेरो यति ठुलो गल्तिको बावजुत पनि जेल बाट निकाल्यौ। तेस्पछी म इंडिया गएको थिए नोकरी गर्न अचानक बिरामी परेर फर्किनु पर्यो। मेरो गल्तिको सजाय मैले पाइसके अब तिमि छिट्टै घर फर्केर आउ। मलाइ पनि जिम्बेवारिको बोध भयो जीवन भरि कैले तिमीलाई सुख दिन सकिन तिमीले नै मलाई यति माया दियौ पुल्पुलायेर राखेउ त्यो गरिब राज लाइ जिबन साथी बनाएर यति सुखी जिबन दिएकी थियेउ एक्लै संगर्स गरेर सडक बाट महलमा सारेकी थियौ मेरो कुबुद्दिले गर्दा तिम्रा मेहेनत र पसिनाको कमाइ आज पानीमा बगाय मेरी प्रिय मलाई माफ गरिदेउ है ?अब को बाकि जीवन मा जे जति दुख कस्ट परे पनि मैले गर्छु तिम्रो आँखामा आँसु आउन दिने छैन’।राजका यस्ता कुरा सुने पछी रश्मी धेरै भाबुक हुन पुगिन्।

कोमल हृदय भएकी रश्मी जस्लाई पनि झट्ट बिस्वास गर्ने उनको बानि आज सम्म गयको थिएन राजका तिनै शब्दहरुले मन झनै पग्लियो। आफ्नो आँखाले देखेको भए सायद यति छिट्टै माफ गर्न सक्तिन थिइन होला यी सबै घटनालाई एउटा नराम्रो सपनाको रुपमा लिन पुगिन बच्चाको भबिस्यको लागि पनि राजका सबै गल्तिहरुलाई माफ गरिन्। गलत बाटोमा लागेको व्यक्ति आफ्नो गल्ति मानेर सहि मार्गमा आउन चाहन्छ भने उसलाई एकपटक सुध्रिने मौका दिनुपर्छ भन्ने मान्यता राखिन रस्मिले। यता उता को ब्यबहार मिलाएर कम्पनी बाट आउने पैसा लिएर त्यो कर्म भुमि कोरियालाई सदाको लागि बिदा गर्दै आफ्नो बिखरिएको परिबारलाइ पुन प्रेम र बिस्वासको डोरीले कसेर राख्ने अठोट गर्दै नेपाल फर्किन्।

जब काठमाडौँ को बिमान स्थल उत्रिइन उनको मनमा एक अनौठो अनुभति भएको थियो। डुब्दै गरेको नाउ किनारा लागेको थियो मूल गेट बाट सुटकेस लतार्दै लतार्दै बाहिर निस्किन टाढा बाट आवाज आयो, ‘ममी !’ रस्मिको मन फुरुङ्ग भयो आखा बाट खुसीका आसु बर्षिए। ३ जना हातमा फुल को गच्छा लिएर उभिएका थिए। उनि नजिक मात्र के पुगेकी थिइन राजले अंगालोमा कसे, प्रतिक लाजले भुतुक्क हुदै उता फर्कियो प्रिया भने राजलाई जिस्क्यौदै भनि अब ममी पाए पछी त हामीलाई नै बिर्सिनु भयो है ड्याडी ?? मेरो परिबार अब म संग छ इनै त हुन् नि मेरा सम्पति भन्दै रस्मिले तिनै जनालाई अंगालोमा कसिरहींन्।

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४, नवलपरासी
हाल: इजरायल

(स्रोत : Nareedarpan.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.