तिमी दाईलाई लिएर कतै जाऊ त, म तिमीलाई भन्दै छु , दाईले देख्नुभयो भने मलाई घरमा नराम्रो सोच्छन् । यस्तै के के कुरा लेखेर सरोजाले उत्सवलाई म्यासेज सेन्ड गरी । तत्कालै उत्सवले सरोजाको म्यासेज रिसिभ गरिहाल्यो, उत्सवको मोवाइल रिङमै रहेछ, नत्र सरोजा र उत्सवको सम्बन्ध सरोजाको दाई प्रविणले थाहा पाउने थियो । प्रविणको वहिनी सरोजा एकमात्र परिवारकी छोरी थिई । भर्खर मात्र +2 पास गरेकी सरोजा विदेशीने तरखरमा थिई । त्यस्तो कनै सम्वन्ध छ भन्ने करा दाई प्रविणलाई पनि थाहा छैन । प्रविण आफनो बहिनीको
बारेमा नराम्रो कहिल्यै सोच्दैन । सरोजाले दाईलाई यति विश्वास दिलाएकी छ कि सरोजाको कुुनै पनि गल्ती वा नराम्रो आचरणलाई प्रविणले आँखा सामुन्ने नदेखे सम्म विश्वास गर्ने कुरै थिएन ।
उत्सवले प्रविणलाई लिएर गए पछि सरोजा ढुक्क भई । उस्को निधार पसिनाले निथ्रुक्कै भिजेको थियो । अनुहार रातो भएको थियो । निर्धक्क भई सरोजाले पसिना पुछेपछि क्याफे दिदीलाई म अहिले जान्छु, उ आउला । (उत्सव ) उस्लाई म गएँ भन्दिनु, दाईपनि संगै आयो भने केहि करा नगर्नु होला भनि आफु बच्ने कुरा समेत बताई । क्याफे दिदीले हुन्छ भनि टाउको हल्लाउनु भयो।
उत्सव र प्रविण एकदम घनिष्ठ साथी हुन । उनीहरुको अरु पनि अत्यन्त मिल्ने सात जना साथी छन् । सातैजना अत्यन्तै मिल्ने भएकोले एकअर्काको घर जाने आउने भैरहेको थियो । उत्सव अलि रोमान्टिक, सबैसंग खुलेर बोल्ने मान्छे थियो । पहिलो पल्टै सरोजाको मनले उत्सवलाई बशमा पारीसकेको थियो।
९८४१६९४९३२ मा सरोजाले डायल गरि । रिङटोन बज्ने बित्तिकै उत्सवले फोन रिसिभ गर्यो । सरोजा केही बोलिन, उस्लाई आज उत्सवसंग राम्रोसंग कुरा गर्न नपाउंदैमा छुट्न परेकोमा मन अशान्त भैरहेको थियो । उ यति उत्सवको अभावमा तड््पिने गर्थि, त्यो उत्सवलाई पनि थाहा थिएन । उत्सवको कल्पनामा सरोजा प्रत्येक रात छटपटाउने गर्थि । अनिदो मै रात बिताउथी । प्रेमले मान्छे कति पागल बनाउछ भन्ने सरोजा उदारहण बनेकी थिई । उस्का साथीहरुले पहिले प्रेमको कुरा गर्दा यस्ता करा बहुलट्ठी पना हो भन्ने गर्थि । सरोजा रिसाएकी भन्ने सोचेर उत्सवले नै सरी भन्यो , विश्वास दिलाउने प्रयत्न गर्यो । फोनमा त्यती धेरै कुरा भएन । उत्सव उन्लाई रोमान्टिक मुढमा ल्याउने प्रयत्न गदै थियो । किन किन सरोजा नखुली बोलेकोमा उस्ले फोन राख्ने मनसायले बेलुका दश बजे पछि कल गर्छु भन्दै मोवाइलको रातो बटन थिच्यो ।
प्रविण यसबेला सम्म पनि घर आएको थिएन । प्रविण घर नआउन्जेल सम्म सरोजालाई डर लागिरह्यो, मन ढकढक गरिरह्यो । कतै आज दाईले हामी दईको रिलेसन थाहा त पाउनु भएन ? यदि दाईले थाहा पाउनु भयो भने त घरमा बवाल नै हुन्छ । दाईले बाबालाई ममीलाई दुबैलाई थाहा भएपछि मैले के गर्ने ? यस्ता यस्तै कुरा सोच्दा सोच्दैमा दाई पनि घरमा आईपुग्यो ।
अचेल तंँ क्लास लिन गईरहेकी त छस, केही कुरा थाहा पाए जसरी नै प्रविणले सरोजालाई सोध्यो ? कतै मेरो र उत्सवको रिलेसनको बारेमा दाई जानकार पो बन्नु भयो ? सरोजाको अनुहार डरले रातो भयो । अब के भन्ने सोच्दा सोच्दै सरोजाले जवाफ दिई ।
क्लास गईरहेको छु । क्लास राम्रो सँग भईरहेको छ । सायद अब एक महिना भित्र एग्जाम हुन्छ होला । सरोजा डराए पनि हतोत्साहित नभई जवाफ दिई । धन्न दाईले थाहा पाउनु भएको रहेनछ, उस्लाई सजिलो नै भयो । प्रविणले राम्रो सँग पढ्नु, क्लास कहिल्यै नछोड्नु, एग्जाम राम्रोसँग दिनु, यहाँ नेपालमा कुनै कुराको पनि भविष्य छैन, न जिउधनको नै सरक्षा छ, न राम्रो काम नै पाईन्छ । यस्ता के के कुरा गदै प्रविणले सरोजालाई विदेशिने कुरामा उत्साहित गदै थियो ।
सरोजा भने दिन दुई गुणा रात चार गुणा उत्सवलाई सम्झदै दिन बिताइरहेकी थिई । सरोजालाई क्लास लिन पनि दिक्क लाग्दै थियो । क्लास लिने समय बरु उत्सवसँग विताउन पाए हन्थ्यो जस्तो लाग्न थालिसकेको थियो । क्लास जानु अघि सरोजा उत्सवलाई कल गर्थी र भेट्न बोलाउँथी । उत्सव पनि के कम समय मिलाएर उस्लाई साथ दिन्थ्यो । तैपनि सरोजाको क्लास छोड्ने बानी उत्सवलाई मन परेको थिएन । सरोजालाई कसरी सम्झाउने ? उ दिक्क थियो । मेरो कारणले कसैले क्लास छोडेर भविष्य नै बर्बात गर्दै गईरहेको देखेर उत्सवले एकदिन सरोजालाई भेटेर सम्झाउने विचार गर्यो ।
उत्सव र प्रविण प्रत्येक दिन जसो एकआपसकमा भेट गर्थे । प्रविणले सरोजा र मेरो रिलेसन थाहा पायो भने के सोच्ला ? मैले यसरी साथीबाट फाइदा उठाउन हुन्न, उस्लाई एकदमै चिन्ताले सताउन थाल्यो । सरोजालाई साथ दिने त मन छ, आफु अनि आफुभन्दा बढ्दा ख्याल गर्ने सरोजालाई पनि गुमाउन चाहादैनथ्यो ।
सदाझैँ उत्सवलाई सरोजाले क्लास जाने टाइममा कल गरी । उत्सव त्यही क्याफेमा बसिरहेको थियो । उस्लाई देख्नासाथ उत्सव मुस्करायो । यो भन्दा बढि सरोजा खुशी थिई, दुबैले चिया पिए । उत्सवले चुरोट सल्कायो । सरोजाले कुनै अब्जेक्सन जनाईन्, उत्सवले सरोजाको वरिपरि धुँवाको मुस्लो उढाईरह्यो । सरोजाले धुँवाको गन्ध सहिरह्यी । उत्सवले सरोजालाई भन्नुपर्ने केहि कुरा गर्न सकेन । केहि क्षणको बसाई पछि दुबै क्याफेवाट बाहिरिए । उत्सवले हतार छ भन्यो तर सरोजा यति छिटै छुट्ने पक्षमा थिईन । पहिलो पल्ट सरोजाले उत्सवको हात समाई र कतै एकान्तमा जाने कुरामा ढिपी कसी । केटी मान्छेको ढिपीलाई उत्सवले पनि नकार्न सकेन ।
एकान्त ठाँउमा पुगेपछि सरोजाले आफ्नो पहिरन एकएक गरि शरीरबाट निकाल्न थाली । उत्सवलाई सरोजाको ब्यबहार मन परेन, उत्ससवले रिसाँउँदै सरोजालाई हेर्यो । सरोजा हाँसिरहेकी थिई । सरोजाले उत्सवलाई नजिक बोलाई रहेकी थिई । उत्सव नजिक आएन बरु सजक भएर अलि पर नै बस्यो । सरोजा नै उत्सवको काखमा जबरजस्ती बसी, उत्सवलाई कँहा फसियो भन्ने कुराले पिर पर्यो । उत्सवले सरोजाको प्यासी आँंत भिजाएन । सरोजाले उत्सवको शिरमा चुम्वन गर्दै म तिमीविना बाँच्नै नसक्ने कुरा गरी । सरोजाको ब्यबहार देखी उत्सवलाई रिस उठीरहेको थियो । उत्सव केहि बोलेको थिएन, सरोजाले जस्तो अत्याचार गरेपनि उस्ले सहनुको विकल्प देखेन । सरोजालाई सम्झाउने ध्यले उत्सवले भन्यो —तिमी मेरो साथीको बहिनी, आफ्नो दाई समानको मलाई आफ्नो यौवनको खेलौना सम्झियौ, मैले तिमीलाई यस्तो रुपमा हेरेको छैन, तिमी मसंग नजिकियौ म पनि नजिकिए, तिमीले प्रेम प्रस्ताब राख्यौ, म मौन रहिरहँे । तिमीले त्यसलाई स्विकृति सम्झियौ, वश यति न हो, वास्तवमा भन्ने हो भने म तिमीलाई प्रेम गर्दिन । उत्सवको कुराले सरोजालाई आक्रोशित बनायो, सरोजाको नयनबाट क्रोधको ज्वाला दन्किरहेको थियो । सरोजा यस्ती देखिई मानौ उस्को सम्पुर्ण शारीरिक प्यास अाँखाबाट बिष्पोट भईरहेको छ । सरोजा केही नबोली त्यहाबाट जुरक्क उठी र आफ्नो बाटो हिँडी । उत्सवले पनि सरोजालाई रोकेन । उत्सव तनावको बिच त्यँहाबाट हिड्यो ।
उत्सव रातभरि निदाउन सकेन । निदाउन नशाको साथ लिनु पर्ने भयो । सरोजालाई दिउँसो जे भने पनि उत्सव सरोजाको प्रेममा डुबिसकेको थियो । सरोजाको प्यासी आँतलाई मात्र ऊ निषेध गर्न चाहान्थ्यो । सरोजाको भविष्य प्रतिको बेवास्ता रोक्न उत्सवले चाहेर पनि मनको भाव खोलेन, प्रेम दर्साएन, अंगालोमा कसिएर सधै साथ दिने बाचा कसम खाएन । उत्सवले बल्ल थाहा पायो कि प्रेमको टुसा धेरै लामो भैसकेको रहेछ । उस्ले सकि नसकि एउटा निर्णय गर्यो अब म सरोजालाई भेट्दिन, उस्को प्रेम यौवनको प्यास मात्र रहेछ, यस्तैमा उत्सवले नमिठो रात बितायो ।
सरोजा कुनै पिंगला थिईन । सरोजाले उत्सवलाई प्राण ठानेको थिई, मुटु ठानेकी थिई र उत्सवको प्रेमको तलाउमा चुर्लम्म डुबेकी थिई । जसरी उत्सवले रात बितायो त्यसको सयौं गुणा तड्पेर सरोजाले रात बिताई । गाजल लगाउने आँखाको डिल सुन्निएर ठुलो भएको थियो । सरोजाले रातभरि उत्सवलाई फोन ट्राई गरी । उत्सवको मोवाईल अफ थियो । अब उत्सवसँग माफ माग्छु । मायाको भिक्षा माग्छु । उत्सवको चरण पर्छु । सरोजालाई आफ्नै शरीरकै घृणा भयो ।
समाप्त ।।