मलाई अन्तै दिने अरे लिन तिमी छिटो आऊ ।
बाबासँग कुरा छिनी मेरो हात तिमी समाऊ ।
कैल्हे को कैल्हे को ? मलाई हेर्न धेरै आउँछन,
यता गाह्रो भईसक्यो बाजुरामा नरमाऊ ।
अब ढिला गर्यौ भने मेरो सिउँदो अर्कैले भर्छ,
बेलैमा भनेको छु मलाई मागी छिटो लैजाऊ ।
चौतारीको मन्दिरमा खाएको कसम सम्झिएर,
लालुपाते भन्दा गाढा मेरो सिउँदो तिमी रंगाऊ ।
तिमी मेरो प्राण महेश मनले खाको मान्छे हौ ।
तिम्रो घरको आँगनीमा मलाई छिटो सजाऊ ।
(स्रोत : Mahesh’s Blog)