~महेश जिज्ञासु~
असाध्यै अनौठो कहानी बनौंला ।
तिमी प्रेयसीको निशानी बनौंला ।
तिमीले गरेसी मसंग विवाह ।
विवाह सकेसी सिरानी बनौंला ।
झर्यो अश्रुधारा म रोए पियारी ।
तिमीलाई रमाउ्न विहानी बनौंला ।
तिमी प्रेमको मातमा रम्न खोजे ।
डढेलो सरीको यौवन बनौंला ।
तिमी फूल हौ सुकेर हराउन्नौ ।
असारे झरीको म पानी बनौंला ।
ISS ISS ISS ISS
(स्रोत : Mahesh’s Blog)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.