सीमा नाघी बढेको भुवनभर अहोे! जात हाम्रो धकेल्दै,
फैलेको जात हो यो अझ अगि बढ हे! भाइलाई उचाल्दै,
पीडा होलान् हजारौं शहर नहरका भाग गोदेर पेल्दै,
झन्डा आफ्नो स्वयम् नै लहलह हलले गाड माथा उचाल्दै ।
हाम्रो नेपाल राम्रो वरिपरि सबमा मौसमी फूल जस्तो,
टर्रो पीरो अलिकति हरमा दुःख पीडा छ जस्तो,
नेपाली हौं प्रवासी तर पनि मनमा राज्य सत्ता छ जस्तो,
हामी लड्छौं विदेशै पनि अधिकृत भै बाघको वाण जस्तो ।
हाम्रो नेपाल राम्रो चहचह चहले चम्किएको चितामा,
अर्काको देशमा छौं लहलह लहले हल्लिएको बुटामा,
आशा मारेर बाँच्छौं ढलपल जल झैं हल्लिने कर्कलामा,
नेपाली राष्ट्र हाम्रो विकसित जगमा स्थापना गर्न आमा!
हाम्रो नेपाल आयो टकटक टकले विश्वको माझ आज,
बोकी भारी कलाको छुपुछुपु छुपु लौ फैलियो रोग आज!
नेपाली निक्लियो रे तन मन धनले देश छोडेर लाज,
‘डायस्पोरा’ भयो राष्ट्र ल डम डम डमले गर्छ नेपाल राज ।
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
October 20th 2006
(स्रोत : DCNEPAL.com)