~बज्रकुमार राई~
प्रत्येकपल
मभित्रको धर्ती
क्रमश: छाड्दै छाड्दै
बादलको स्वप्निल
साम्राज्यमाथिमाथि
बोइङ् उड्छ आकाशतिर
र,रोकिन्छ समुद्रपारि
अञ्जान धर्ती-आकाशमा
जहाँ म बेचिएको हुन्छु।
मेरो उडीजाउँ जस्तो उमेर
सम्झौताम कैद हुन्छ
केही बर्षका लागि
अब म-
उही नामको
उही शानको
अनि उही र केहीको रहन्न
सिर्फ एुटा स्रमीक म।
आज्ञा-आदेशको मर्यादापालक म।
मसँग भारीका भारी सपनाहरु हुन्छन्
बोकाइेकाजबर्जस्ती बोक्नु परेका
आशादीद सपनाहरु।
जसबाट म-
उम्केर भाग्न सक्दिन
चिच्याउन रुन कराउन केही पाउँदिन मैले।
बाँच्नु बचाउनुकोभन्दा
मर्नुमारीनुकै त्रास पालेर
हरेक उज्यालो -अँध्यारो छिचोल्नु पर्छ मैले।
यही केही बर्षमा-
फेरि मलाई बोइङले
बादल स्रिखलाबीच उडाउदै उडाउदै
मेरो धर्तीमा ओह्राल्ने छ
यही बीचमा मलाई
केही कमाउँनु छ केही बचाउँनु छ
सुटकेशभरि बिदेशी उपहारहरु जुटाउनु छ
अफसोच,
मेरै भाग्यमा पर्यो भने-
बिगत इराकको
लेखान्त हुनेछ त्यो।
मैले छोडें भने-
श्वाशप्रश्वाश मरुभूमिमा
संघर्ष हुनेछ
जीन्दगीको त्यो
मेरै आँखाले देख्यो भने-
चुरोटले पोलिएका
आइरनले डामीएका
बलात्कृत शरीर
दिदी-बहीनीको।
मैले भेटें भने जेलमा
ज्यान मुद्धामा फसाइएकी “डोल्मा”लाई
मसँगै मेरो देश दु:ख्नेछ
मसँगै मेरो राष्ट्रियता उठ्नेछ
र,बाढी आउनेछ
रगतको।
मानव-बस्तीहरु डुबाउँदै डुबाउँदै।
यो नै शुरुवात र अन्त्य हुदैंन
उडीरहनेछ बोइङ्
देखिरहनेछ सपनाहरु….
जसरी मैले देखें-
बोइङ् र सपनाहरु….
– बज्र कुमार राई
(स्रोत : DCNEPAL.com)