~दिव्य गिरी~
हल्लैहल्लाको पछि लाग्ने जात हो नेपाली
अन्याय, अत्याचार खप्ने जमात हो नेपाली ।
गाँस, बास र कपासको सपना बटुलेर
अरूको निम्ति बन्दुक बोक्ने हात हो नेपाल ।
न बिगत नत वर्तमान नै हुन सकेको
बताससँगै बतासिने पात हो नेपाली ।
दुःख र पीडाको पहाड चढ्दै थाकेको
आफ्नै जिन्दगी भित्रको घात हो नेपाली ।
शताब्दीऔंदेखि केवल अँध्यारो भोग्दै
उज्यालोको प्रतीक्षामा गुज्रेको रात हो नेपाली ।