~रामगोपाल आशुतोष~
कात्रो ओढी सिंहसदन मस्त निन्द्रा सुतेको छ
विश्वासको भ्रम सदन भ्रष्ट निद्रा सुतेको छ ।।
इन्द्रेणीलाई धरतीमा ल्याई बाँड्ने वाचा थियो
एकै रङ्ग मात्र सदन व्यस्त निद्रा सुतेको छ ।।
मृतकलाई ब्यूँताउन मरेका थे फूल धेरै
रङ्गहीन जूठो सदन ग्रस्त निद्रा सुतेको छ ।।
जनजाति, आदिबासी नजरको कसिङ्गर
ठानी एकलकाँटे सदन प्रष्ट निद्रा सुतेको छ ।।
खोरभित्र छिरी बाघ मार्ने फूलहरू तर
देखाएर जुङ्गा सदन कष्ट निद्रा सुतेको छ ।।
(सल्लाघारी, भक्तपुर)
(स्रोत : www.nepalikavita.com )