सानो बाबु जस्तै किताप घेक्न पाए कस्तो हुन्थ्यो
आफ्नो काँधमा आफ्नै झोला बोक्न पाए कस्तो हुन्थ्यो !
भाँडा माझन, घर बर्ढार्न अल्छी लाग्या बेला,अहा
सञ्चो नभा’ स्वाङ पार्दै खोक्न पाए कस्तो हुन्थ्यो !
ओइलेको यो बिरुवालाई नि सानीमाले कुट्छिन क्यार ,
यतै कतै आमा रूख रोप्न पाए कस्तो हुन्थ्यो !
भोक लाग्दा सानो बाबु जस्तै मैले पनि अहो-
भात पाकुञ्जेल बिस्कुटै त्यो टोक्न पाए कस्तो हुन्थ्यो !
मै पो टुहुरो हुँ कि मेरो रोटी हो यो टुहुरो –
कहिलेकाहिँ दालमा यसलाई चोप्न पाए कस्तो हुन्थ्यो !