भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै ।
कति दिनु निमुखालाई आश्वासनको खात मात्रै ।।
एक मुठी सास धान्न जनतालाई कठिन भयो ।
नेताज्यूका जहिले पनि हाँसेकौ छन् दाँत मात्रै ।
दिउँसै यहाँ लुटिदैंछन् गरिबका अस्मिता तर
रात्री भोजमा डुबेका छन् नेताज्यूका रात मात्रै ।।
देश बनाउँने विवेकभन्दा कुर्सी थाम्ने कला ठूलो
राजनीतिमा प्रिय बने कपट अनि घात मात्रै ।
जनतालाई मूूर्ख बनाई भोट माग्ने मौसममा
भो अब नजोड् नुस् ! विटुलिएका हात मात्र ।।
धम्बोजी, नेपालगंज–१