~इन्द्रजीत शर्मा चौंलागाई~
फूल जस्तो जुनी आज अंगार झैं कालो भयो
जब तिमीलाई बेर्ने अरुकै अँगालो भयो
छ मैन्हाको एउटा रात कोल्टे फेर्दा फेर्दै जान्छ
मखमलको बिच्छौना घोच्ने भाङ्ग्रे टालो भयो
तिमी हाँस जुनी जुनी मेरो हाँसो खुसी लिई
बाँचुञ्जेल सधैं सधैं रुनी मेरो पालो भयो
तिम्रो मायाँ मह जस्तो मीठो भन्दै प्यूँथ्यौ हिजो
आज त्यही मायाँ किन पीरो अभिजालो भय
बषौंबर्ष पछि आज दोबाटोमा भेट हुँदा
पुरानो यो भित्री घाउ बल्झिएर आलो भयो
कुल्चिदियौ मेरो मायाँ धुलो भए स्वप्नहरू
चन्द्रछुने इन्द्रजीत भेडाको गोठालो भयो ।