~तारा भट्ट ‘पल्लवी’~
कसले ? किन ? नेपालको दुर्दशा यो पा¥यो हजुर
स्वर्ग फुल्ने देशलाई नर्क बनाई छाड्यो हजुर
सुन्दरताका पारखी ती स्वयम्भूका आँखाहरू
आज तिनै आँखाबाट आँसु कसले झा¥यो हजुर
शान्तिलाई काखी च्यापी अघि बढ्ने गोर्खालीले
आफ्ना पदचापहरू पछि किन सा¥यो हजुर
आमा तिम्रो छोरो आज भाइबन्धु बिर्सिएर
आफूसित लड्न खोज्दा आफै सित हा¥यो हजुर
थाहै थियो हारे पनि, जितेपनि हार हुन्छ
एउटा नेपालीले किन आर्कालाई मा¥यो हजुर ।
धनगढी