सधै सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले
सँगै सँगै हिँड्दा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले
कहिले मायाँ पिएर कहिले मायाँ पिलाएर
डुबाउने हेराइको मातैमा तिमीले
घरी घरी आवेगमा मायाँ बटुलेर
लुकाउने अंगालोको तातैमा तिमीले
घुमाउने, रमाउने, हँसाउने दिनैमा
फतक्क थकाइदिने रातैमा तिमीले
टोरोन्टो, क्यानडा, १३ जुलाई
(स्रोत : Nepalipost )