~रामगोपाल आशुतोष~
खाएर मेरो मृत्युको भोज पिएर मदिरा
जीवन धितो लिएर गयो दिएर मदिरा ।।
उक्लियो आफू उकालो एक्लै मलाई टेकेर
राखेको धितो लिलाम भयो लिएर मदिरा ।।
काडाको बाटो खोलाको तीर बगेथेँ भेलझैँ
पिएथेँ आँसु विगत भुल्न सिएर मदिरा ।।
पापको बाटो खोलेर खाटा मन्दिर धाएछु
जीवन डुबी उघ्रियो रात खिएर मदिरा ।।
पाउमा ढोग्दै शिरमा टेक्ने मानिस वैगुनी
पालेर सर्प जीवन बित्यो जिएर मदिरा ।।
(सल्लाघारी, भक्तपुर)
(स्रोत : www.nepalikavita.com)