~शरण वानियाँ~
टुक्रा टुक्रा भयो हजुर जिन्दगानीको पाना पनि
नराम्ररी भत्किएछ विश्वासको छाना पनि
नत हो स, नत जोश अरु भन्दा बेग्लै भा’छु
वेदनाको छट्पटाइमा गुनगुनाउँछु गाना पनि
पराइ छन् जताततै आफ्नो भन्ने कोही छैन
ऐंचो पैंचो गर्न खोज्छु पाइदैन माना पनि
वेदना छ छातिभरि घाउ निको हुन्न कैले
छाती पिटी धेरै रोएँ पाइएन खाना पनि
शिशिरका शीतहरु आँसु बनी झर्न थाले
मान्छेसँग माया गाँस्न मरिसक्यो चाहना पनि ।
मनहरी-३, विजौना