परदेश आउँदा गाँस र बास दिएका खगेन्द्रले डेरा छोड्नेभन्दा निरज निकै टोलाएको छ । उसकी बुढी समेत एकतमास देखिन्छे । सँगै एक वर्षसम्म एउटै परिवार भएर बसेका तीनजना कुनै आफन्ती थिएनन् । मात्र नेपालीको साइनो थियो । हेर्दाहेर्दै खगेन्द्र कामको कामको सिलसिलामा अर्को ठाउँ जानुपर्ने भयो । उमेरले जेठो, श्रीमती र छोराछोरी नेपालमा भएकोले खगेन्द्र परदेशमा एक्लै थियो । आज कतिपय समस्यामा पर्दा
गरेको सहयोग सम्झेर छुट्ने दिन आउँदा निरजको छाती ढक्क फुल्यो ।
छुट्नुभन्दा केही दिन अघिसम्म कामबाट फुर्सद मिलाएर निरज र खगेन्द्रले दुखसुखका कुरा गरे । निरजकी श्रीमती दीपाले विभिन्न परिकार बनाएर बिदाइको मिठो भान्सा तयार गर्न थाली । केहीदिनसम्म बिछोडलाई बिर्साउन गफगाफ, खानपिन र रमाइलो चलिरह्यो । डेरा छोड्ने अघिल्लो साँझ खगेन्द्र निरज र उसकी श्रीमती दीपालेसँगै खान खाए । निरजले खगेन्द्रको गुन सम्झेर आँखाबाट आँसु झा¥यो । खगेन्द्रले मान्छे र नेपालीको नाता ठूलो हो भन्दै निरजलाई सम्झाए । दीपा भने निरजको अनुहार हेरेर टोलाइरही । केही पनि बोल्न सकिन । खगेन्द्रले पनि उसँग केही कुरा गरेन ।
निरजले दाइ जानेबेला किन चुप लागेकी भन्दा ‘म केही बोल्न सकिन’ भन्दै अनुहार निहुराएर बसिरही । राति अबेर भैसकेकाले सुत्ने तरखर सुरु भयो । फेरि खगेन्द्र बिहानै हिँड्ेने भन्दै थिए । खगेन्द्र एउटा कोठामा अनि निरज र दीपा अर्को कोठामा सुत्नका लागि गए । तर,बिहान निरज खगेन्द्र दाइलाई बिदाइ गर्न भनेर हतार हतार उठ्दा दीपा कोठामा थिइन र निरज हतपत खगेन्द्रको कोठामा जाँदा उनी पनि थिएनन् । र,एउटा कागजको टुक्रामा लेखिएको थियो ‘धोका भयो माफी पाउँ ।’
(भर्जिनिया, अमेरिका)
(स्रोत : Ruprekha.com)