दिनभरि घाममा पग्लिएकामन्दिर र मूर्तिहरूफेरि जमिरहेछन्र
दिनभरि घाममा जमेकाआइमाई र लोग्ने मान्छेफेरि पग्लिरहेछन् ।
प्रत्येक साँझ वसन्तपुरचटपटे/ममः/आइसक्रिमभएर बेचिन्छ,
र
प्रत्येक साँझ वसन्तपुरमा यौटी केटी
मनी ब्यागसँगै सपना हो कि यौवन ?
लुटाएर घर फर्किन्छे ।
दिनभरि जुलुस र सभाले छोडेको
केही होहल्ला र केही कुण्ठाग्रस्त सपनाहरू,
मन्दिरको गुम्बजबाट हाम्फालिरहेको जन्डिसग्रस्त पहेँलो घाम,
ऐतिहासिक क्युरियो र,
अत्याधुनिक युवतीहरूसबै छन् वसन्तपुरमा केवल वसन्त छैन ।
प्रत्येक सँाझ वसन्तपुरमा ओहोर-दोहोर गर्छन्
कालभैरवको ठूलो मूर्ति र साना कदका मान्छे
देखेर तर्सिएकागर्भिणर्ी आइमाईहरूअनि,
जन्मिन नमानेका शिशुहरू ।
प्रत्येक साँझ वसन्तपुरमाकुमारीको बीच
निधारबाट खसेर नीला डाम र
च्यातिएका ओठ बोकेरयौटा दिन मूच्र्छा पर्छ,
र जुत्ताका तुनाहरूमा अल्भिmएर लतारिन्छ ।
प्रत्येक साँझ वसन्तपुरमा जब ल्याम्पोस्ट
बल्छकीरा फट्याङ्ग्रा होइन,
डिप्रेसनग्रस्त नयाँ नेपालचिममा ठोक्किएर मर्छर,
फेरि जन्मन्छ ।
प्रकाशित मिति: २०६४ जेष्ठ २५ ०९:१५
(स्रोत : Kantipur)