सानो छँदा
हिउँदमा पारि—कोशी पारि बाट
आउँथे अक्कासमा माला जस्तो भएर
‘क-याङकुरुङ क-याङकुरुूङ’ गर्दै क-याङकुरुङहरु
अनि जान्थे माथि उर्लेनी डाँडा हुँदै
उँभो लेक—ट्याम्के तिर
हाम्रो आमा भन्नु हुन्थ्यो—
“केटाकेटी हो, काँक्रा रोप्ने बेला भएछ”
अनि खोज्नु हुन्थ्यो—रोप्नु
काँक्राको बियाँ, घरको खोपीको भित्ता तिर
सोराहींमा पोका पारेका साना—साना कपडाका थाङ्ना थुङ्नीका थैली तिर …..
केही महिनामा हाम्रो घरको घु¥यानको थाँक्रामा
साना—साना मादल जस्ता काँक्राहरु झुन्डिरहेका हुन्थे …..
हिजो दिउँसो छोराले काँक्रा ल्याइ माग्यो
बेलुकी म रित्तै फर्किएँ, बेरोजगार पार्क (रत्नपार्क) बाट
श्रीमतीले कराई …..
मनमनै सोचें “काठमान्डूमा क-याङकुरुङ उड्दैन”
अनि छोरालाई काखमा लिंदै भनें
“क-याङकुरुङ नउडेको बेला
रोपेको काँक्रा खानु हुदैन छोरा”
(स्रोत : Dutendra’s Blog)